साझा नेटवर्क
बिमल खड्का बागलुङ ,कार्तिक २७।
बागलुङको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले फेरि अर्कोपटक गाँजा खेतिमा अप्रेशन चलाएको छ । गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा खटिगएको एक टोलीले निसि गाविसको वडा नँ ९ स्थित चोरबास तथा आसपासका क्षेत्रमा उम्रिएको गाँजा खेति नष्ट गरिएको बताइएको छ । 
मध्य पहाडि लोकमार्ग आसपासका क्षेत्रमा १५ रोपनी क्षेत्रफलको जग्गामा फैलीएको गाँजाका बोट प्रहरीले काटेर नष्ट गरेको प्रहरी निरक्षिक क्षेत्रीले बताउनु भएको छ । यसरी नष्ट गरिएको गाँजा खेति भएको जग्गा जमिन कस्को हो भन्ने पत्ता नलागेको प्रहरीले बताएको छ । आसपासमा कुनै वस्ति नभएका कारण कस्को जग्गामा हो वा सार्वजनिक जमिनमा उम्रिएको जग्गामा भएको गाँजा खेति केहो भन्ने पत्ता नलागेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।
उक्त क्षेत्रमा कतै स्थानीयले खेति लगाएको पाइएता पनि कतिपय स्थानमा जंगलमै आफै उम्रिएको गाँजा खेतिबाट विभिन्न प्रकारका अवैध चरेश बनाएर सामान्य स्थानीय सर्व साधारणलाई ग्रैह्र कानुनी काममा त्यसका तस्करहरुले फसाउँदै आएको पाइएकोले, प्रहरीले त्यस क्षेत्रमा गाँजा खेति नष्ट गर्ने अभियान नै चलाएको प्रहरीको भनाई छ । प्रहरीले यस अघि गत भदौ महिनाको २९ गते निसी गाविसकै वडा नं. ९ तिघ्रा पानी आसपासमा उम्रिएको १३ रोपनी एरियाको गाँजा खेति नष्ट गरेको थियो ।
खास गरि रुकुम हुँदै निसी क्षेत्रबाट अवैध वस्तु चरेस सहित गत आर्थिक वर्ष प्रहरीले ५ जनालाई कानुनी कार्वाही अगाडि बढाएको र उनीहरुबाट अन्दाजी ६० किलो भन्दा बढी चरेस बरामद गरेको हुँदा यस्तो कार्य नहोस भन्नका लागि गाँजा खेति नै नष्ट गर्ने अभियानमा प्रहरी रहेको बताइएको छ । यसैबीच हिजै प्रहरीले निसीमै २ सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरि नष्ट गरेको बताएको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend