साझा नेटवर्क
अनिश शर्मा गैरे/प्रकाश घिमिरे, गुल्मी कार्तिक २६।
बाग्लुङ्को ग्वालीचौरमा पश्चिमाञ्चल बिकास क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला मसिँरको पहिलो साता आयोजना हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पौंदि न्वागी मेला संरक्षण समिति ग्वालिचौर बाग्लुड तथा ग्वालीचौर गाँउ बिकास समितिको कार्यलयको संयोजनमा पौंदिबासि हरुको पहिचान न्वागि मेला को संरक्षण र सम्मान भन्ने मुल नारा सहित आगामी मसिँर ३ गतेदेखी ६ गते सम्म उक्त मेला आयोजना हुन लागेको हो ।
यस महोत्सबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । महोत्सबमा लाखौको कारोबार हुने गरेको छ । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ । कृषकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषि प्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन । खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।
परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन । यस बर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ ।
पुरुष भलिबल प्रतियोगीतामा प्रथम हुने समुहले रु ५५ हजार ५ सय ५५ रुपैया, सिल्ड ,मेडल र प्रमाण पत्र हात पार्नेछन भने द्धितिय हुनेले ३६ हजार ६ सय ६६ रुपैया, मेडल र प्रमाण पत्र हात पार्ने मेला ब्यबस्थापन समितिका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिनुभयो । त्यसैगरी खुल्ला लोकगित तथा नूत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १५ हजार ५ सय ५५ र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु ८ हजार ८ सय ८८ र प्रमाण पत्र प्रदान गरिने छ ।
खुल्ला लोकदोहोरी प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ हजार ५ सय ५५ र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु ३ हजार ३ सय ३३ र प्रमाण पत्र प्रदान गरिनेछ त्यसैगरी खुल्ला रेकड डान्स प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ३ हजार ३ सय ३३ र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु २ हजार २ सय २२ र प्रमाण पत्र, तृतिय पुरस्कार नगद रु १ हजार १ सय ११ र प्रमाण पत्र तथा चौथो पुरस्कार नगद रु ५ सय ५५ र प्रमाण पत्र प्रदान गर्नुका साथै सान्त्वना पुरस्कार नगद रु ४ सय ४४ र प्रमाण पत्र प्रदान गरिने आयोजकल जनाएको छ ।
त्यसैगरी अन्तरआमा समुह स्तरिय म्यूजिकल चियर प्रतियोगिता, लगायत कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तुको मुल्याड़कन गरी नगद तथा प्रमाणपत्र बितरण गरीने बताइएको छ ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका लोकदोहोरी ,आधुनिक, तथा हास्यकलाकारको बोजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रमको सुचना, बिज्ञापन लगायतको संयोजन सामुदायिक रेडियो पुष्पाञ्जलीले गरिरहेको छ । कार्यक्रमलाइ गत बर्ष भन्दा सभ्य भब्य तथा ब्यबस्थित गरी सञ्चालन गरिने गरि तयारी गरिने बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend