logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको धार्मिक,पर्यटकीय स्थल रेसुङ्गा पोखरीमा स्नान गर्नेहरुको भिड


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मनु सुनार, गुल्मी कार्तिक २६ ।
गुल्मीको धार्मिक ,सांस्कृतिक एंवम पर्यटकीयस्थल रेसुङ्गामा आज ठुलो मेला लागेको छ। ऐतिहासिक एवंम प्राकृतिक रुपले समेत भरीपुर्ण हुनुका साथै जिल्लाको सदरमुकाम तम्घास नजिक रहेकाले गर्दा यसको निकै महत्व रहेको हो ।
resunga1 copyहिन्दु परम्परा अनुसार आज ठुलो एकादशी (हरिबोधनी ) परेकाले यस रेसुङ्गा पोखरीमा उपावासवसी नुहाउन आउनेको ठुलो भिड्भाड नै लाग्ने गर्दछ । आषाढ ,श्रावण र कार्तिकमा स्नान गर्नाले ठुलो धर्म प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रहिआएको छ । हरियसी एकादशीमा समेत यहाँ तिर्थिालुहरुको निकै भिड लाग्ने गर्दछ । यस रेसुङ्गा पोखरीमा नुहाउनका लागि गुल्मी लगायत छिमेकी जिल्ला बाग्लङ्ग, अर्घाखाँची,पाल्पा लगायतका जिल्लाहरुबाट समेत हजारौँ तिर्थालुहरु आउने गर्दछन् । यस पोखरीमा चारधामको जल मिसाइएको हुनाले यसमा नुहाउनाले सम्मपुर्ण पापहरु नष्ट भर्ई धार्मिक पुन्य प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

प्राचिन समयमा रेसुङ्गा आसपासका क्षेत्रमा जंगल निकै घनघोर भएको बेला यो ठाउँ तपस्या गर्नेहरुका लागि निकै महत्वपुर्ण तथा उपयुक्त रहेको थियो । यस तपोभुमिमा धेरै ऋषिहरुले तपस्या गरी सक्नुभएको छ । विभाण्डक मुनिका पुत्र ऋष्यिश्रुङ्ग्यले यहाँ तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा बन्न गएको जनश्रुति रहेको छ ।यसरी यस तपोभुमिमा शशीधर स्वामी ,लक्ष्मीनारायण ,ठाकुरप्रसाद ,बालकृष्ण,कमदपतिले तपस्या गरी सिद्धि प्राप्त गरेका थिए । वि सं १९८३ मा यदुकानन्द स्वामी आएपछि यज्ञशालाको समेत निर्माण भयो ।

कुनै समय रेसुगां धप्प बोल्यो, जुन समय रेसङ्गांको सम्बन्ध केन्द्रिय शासनसँग सिधासम्पर्क थियो । वि सं २०११ सालको आगलागी पछि सबै सहयोग बन्द भयो ।दशरथलाई छोरा नहुँदा श्रृङ्गग्ेश्वरलाई प्रमुख आचार्य बनाई पुत्रोपिष्टयाग गराएका थिए । यो पवित्र रेसुङ्गा पोखरी समुद्र सतहदेखि २ हजार ३ सय ५० मिटर माथि रहेको छ । भने जिल्ला सदरमुकाम तम्घासदेखि ७ किलोमिटर कच्ची मोटरबाटो को यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ । पोखरीदेखि ८ सय मिटर अगाडि सानो रेसुङ्गा रहेको छ ।

यसैगरी ठुलो एकादशीको अवशरपारी रेसङ्गा युवा क्लब तम्घास गुल्मीले मौलिक संस्कृतिकको जर्गेना गर्ने उदेश्यले आज दोश्रो भैली महोत्सव गरेको छ । जसमा परम्परा देखि चलिआएका लोप हुने अवस्थामा रहेको सोरठी,ख्याली,भैलो,घाटु कौडा ,सालैजो जस्ता लोकभाकाहरुको उजागार गर्ने उद्देश्यले आयोजना गरीएकोे यस क्लबका अध्यक्ष मनोज काउछाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend