logo
  • शुक्रबार, असोज ९ २०८३

आजको कुन गाविस भोलीको कति नम्वर वडा बन्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी ,कार्तिक २४।
गुल्मीको पुर्तिघाट केन्द्र रहेको कालिगण्डकी गाउँपालिकाको ७ वटा साविकका गाविसहरुको एउटा पनि वडा अन्य निकायमा काटिएका छैनन् । पुर्तिघाट वडा नम्वर ४ बनेको छ । पोक्सीङ्ग वडा नम्वर ५ बनेको छ । हर्मीचौर वडा नम्वर १ बनेको छ । जयखानी वडा नम्वर ३ बनेको छ । खड्गकोट वडा नम्वर ६ , अर्वेनी २ र भुर्तङ्ग वडा नम्वर ७ बनेको छ ।

खैरेनी केन्द्र रहने सत्यवती नगरपालिकाको ७ वटा गाविस मध्ये ठुलोलुम्पेक वटा नम्वर ७ , ८ र ९ गाभेर वडा नम्वर २ बनेको छ । १ देखि ६ सम्मलाई वडा नम्वर वडा नम्वर ३ बनाईएको छ । जोहाङ्ग वडा नम्वर ६ बनेको छ । जुनियाँ ७, भार्से ८ , हसरा ५ र लिम्घा वडा नम्वर ४ बनेको छ । शान्तिपुर केन्द्र रहने चन्द्रकोट गाउँपालिकाको शान्तिपुर वडा नम्वर ४ बनेको छ । हरेवा ४ , हर्राचौर ३ , विशुखर्क २ , तुराङ्ग ८ , ग्वाघा ५ , रुपाकोट ७ र दिव्रुङ्ग वडा नम्वर १ बन्ने अवसर पाएको छ ।

मुसिकोट नगरपालिका र वामीटक्सार केन्द्र अन्तर्गत बडागाउँ र वामी गाविसमा दुई दुई वटा वडा बनाईएको छ । वडागाउँ ५, ६ , ७ र ८ जोडे्र नगरपालिकाको वडा नम्वर ३ बनाईएको छ । हालको वडा नम्वर १ देखि ९ सम्मलाई वडा नम्वर ४ बनेको छ । वामीको १ ,२ , ३ , ४ र ९ लाई जोडेर वडा नम्वर ७ बनाईएको छ । वडा नं ४,५,६,७ र ८ लाई जोडेर वडा नं ८ बनाइएको छ । अर्लाङ्गकोट वडा नं ९ बनेको छ ।

आँपचौर ५, कुर्घा ६, मुसिकोट २, पौंदि अमराई र नेटाको १ र २ लाई मिलाएर वडा नं १ बनाईएको छ । घिउबेसी केन्द्र रहने गरि बनाईएको रुरु गाउँपालिकाको रिमुवा वडा नं ६ बनेको छ । रुरु १, थानापति ३, ग्वादी २, बलेटक्सार ४, बम्घा ५ बनेको छ । भेंडुवा केन्द्र रहने गरि बनाईएको छत्रकोट गाउँपालिका अन्तर्गत हर्दिनेटा वडा नं ३ बनेको छ । हुँगा १, खज्र्याङ्ग ५, पल्लीकोट २, दौंघा ६, दिगाम वडा नं ४ बनेको छ ।

गौंडाकोट केन्द्र रहने गरि गुल्मी दरबार गाउँपालीका अन्र्तगत बिरवार वडा नं ४ बनेको छ । दरबार देविस्थान वडा नं ४, ७, ८ र ९ जोडेर वडा नं ६ बनेको छ । १,२,३,५ र ६ जोडेर वडा नं ७ बनाईएको छ । गौंडाकोट वडा नं ३ बनको छ । अमरअर्वाथोक वडा नं ५, जुभुङ्ग २, र बलिथुम वडा नं १ बनेको छ । रेसुङ्गा नगरपालिका तम्घास केन्द्र रहनेगरि नयाँगाउँको ८ र ९ लाई गाभेर वडा नं ६ बनाईएको छ ।

त्यस्तै पराल्मीलाई गाभेर वडा नं १४ बनाईएको छ । साविकको १५ लाई घटाएर वडा नं १३ बनाईएको छ । बरबोट केन्द्र रहनेगरि धुर्कोट गाउँपालीका अन्तर्गत वाग्ला लाई वडा नं ७ बनाईएकोे छ । वस्तुलाई ५, धुर्कोट रजस्थललाई ६, जैसीथोक लाई ४, हाडहाडे ३, नयाँगाउँ वडा नं १ देखी ७ सम्म १ र पिपलधारालाई वडा नं २ बनाईएको छ । पुर्कोट केन्द्र रहने गरी मदाने गाउँपालिकाको अग्लुङ्ग वडा नं १ बनेको छ । बाँझकटेरी २, भनभने ७, मलायगिरी ५, म्यालपोखरी ४, पुर्कोटदह ६, सिर्सेनी वडा नं ३ बनेको छ ।

चाँपटारी केन्द्र रहने गरि इस्मा गाउँपालिकामा हस्तिचौरलाई २ भागमा बाँडिएको छ । साविकको हस्तिचौरको वडा नं ५,६,७,८ र ९ लाई गाभेर वडा नं १ बनाईएको छ । हस्तिचौरकै वडा नं १,२,३,४ लाई गाभेर वडा नं २ बनाईएको छ । दलार्मचौर वडा नं ३ बनेको छ । इस्मा रजस्थल वडा नं ५ बनेको छ । दोहली वडा नं ४ बनेको छ । त्यसै गरि अमरपुर वडा नं ६ बनेको छ । अर्खावाङ वडा नं ४ बनेको छ ।

ह्वाङदी वडा नं ३ बनेको छ । नेटा वडा नं १ बनेको छ । दर्लिङ वडा नं २ वडा बनेको छ । त्यस्तै ठुलीचौर केन्द« रहने गरि मालिका गाउँपालिकाको अर्जे वडा नं ६ बनेको छ । घमिर वडा नं १ ७ बनेको छ । मरभुङ वडा नं १ ८ बनेको छ । त्यस्तै गरि छापहिले वडा नं ५ बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend