logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा स्थानिय निकायको सुरुकै खाका सर्वसम्मत भएर पठाईयो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी, कार्तिक २४ ।
गुल्मीको स्थानिय निकायका लागि आ–आफ्नो माग राख्दै आन्दालेन, चक्का जाम,अश्रुग्याँस र ढुङ्गामुढाका वावजुद पनि अन्ततः सुरुमा कार्यदलले जे खाका तयार भएको थियो त्यही नै सर्वसम्मत गराएर आयोगमा आज विहान पठाईएको छ ।

४ नम्वर ईलाकामा स्थानिय निकाय बनाउनु बनाउनु पर्छ भन्दै आन्दोलनकारीको पक्षमा उभिएको नेकपा एमाले अन्तिमा गएर आफ्नो फरक मत सहित कार्यदलले तयार पारेको खाकामा सर्वसम्मत हस्ताक्षर गर्न सहमत भए पछि यस्तो सहज वातवरण सिर्जना भएको बैठकमा सहभागि एक नेताले बताए ।

कार्यदलले सुरुमा जो जहाँ राखेको थियो १२ वटा स्थानिय निकाय ति जहाँको त्यही राखेर आज विहान ३ वजे सर्वसम्मत निर्णयमा हस्तक्षर गरी स्थानिय विकास अधिकारी डिलाराम पन्थीलाई बुझाईएको र उनी त्यो लिएर आजै काठमाण्डौ तर्फ लागेको बताईएको छ । वामी केन्द्र रहने गरी यस अघि प्रस्तावित रुद्रवती नगरपालिाकाको ठाउँमा मुसिकोट नगरपालिका बनाईने कुरामा भने आम सहमति बनेको छ ।

तिन प्रमुख ठुला दल आ–आफ्नो पक्षमा टसकामश नभए पछि ८ साना दल पछिल्लो पटक हावी भएका थिए । उनिहरुले गौंडाकोटलाई फालेर राजारुन्खा र खज्र्याङ्गलाई केन्द्र बनाउँदै र ४ नम्वर ईलाकाको माग सम्वोधन गर्न पुलकामुखा केन्द्र तोकेका थिए ।

त्यसलाई एमालेले समर्थन गरे पनि कांग्रेस र माओवादी केन्द्रले नमाने पछि एमाले सहित उक्त प्रस्तावलाई ९ दलको फरक मतका रुपमा केन्द्रमा पठाईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend