साझा नेटवर्क
घनश्याम पौडेल, कपिलवस्तु कार्तिक २४ ।
धर्म परिर्वतन मुक्त नेपाल धर्म निरपक्षता मुक्त नेपाल, जातिय छुवाछुत मुक्त नेपाल, नयाँ हिन्दु राष्ट्र नेपाल निमार्ण गरौ भन्ने मुख्य नाराका साथ हिन्दु जागरण नेपाल पश्चिमाञ्चल मध्यपश्ञ्चिमाञ्चल र सुदुरपश्चिमअञ्चल विकास क्षेत्रको क्षेत्रिय प्रशिक्षण कार्यक्रम कपिलवस्तुको खैरेनिपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा स्र्वगद्धारि महार्पभु मन्दिरका संरक्षक गंगानन्द तिर्थको प्रमुख अतिथ्यता, हिन्दुजाणरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यको विशेष आतिथ्यतामा, केन्द्रिय माहासचिव वालकृष्ण पौडेल,हिन्दु जागरण युवा संघ नेपालका केन्द्रिय अध्यक्ष्य पदम कुवर लगाएतले मन्तव्य राखेका थिए ।
पशिक्षणमा स्र्वगद्धारि महार्पभु मन्दिरका संरक्षक गंगानन्द तिर्थले सम्पुर्ण नेपालि सनातन धर्म मान्नेहरु एकजुट भएमा नेपाल हिन्दु राज्य वन्ने वताउनु भयो । प्रशिक्षणमा अर्घाखाँची, कपिलवस्तु, प्युठान, बाँके, कन्चनपुर बर्दिया, सुर्खेत, दैलेख, दाङ, स्याङजा, गुल्मी र रुपन्देहिका हिन्दु जागरण अभियानमा आवद्ध २०० जना प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend