logo
  • शुक्रबार, असोज ९ २०८३

गायक कृष्ण काफ्लेको “लाइदैन माया पिरती” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं ।
नेपाली संगीत क्षेत्रमा चम्किदै गरेका तथा पछिल्लो समय सफल चलचित्रहरु छक्का पञ्जा देखन चम्पा र किस्मत २ मा तिम्रो पिक्चर हिट लगायतका गीतहरुबाट सबै माझ लोकप्रिय बनेका गायक कृष्ण काफ्लेले आफ्नै आवाजमा रहेको एल्बम “लाइँदैन मायाँ पिरती”मा समावेश गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
krishnaसांगीतीक क्षेत्रमा सस्ता र चालु गीतहरु भन्दा क्वालिटिका गीतहरु गाउनुमा बढि विश्वस्त हुने गायक कृष्ण काफ्लेको भर्खरै रिलिज म्यूजिक भिडियोले छोटो समयमै हजारौं दर्शक र श्रोताहरुको मन जिति सकेको काफ्ले बताउँछन ।

छोटो समयमा बहुचर्चित गीतहरुका कारण नेपाली सांगीतीक फाँट अनि चलचित्र क्षेत्रमा आफ्नो उपस्थिति देखाउन सफल  गायक कृष्ण काफ्लेले आफ्नै गीतमा मोडलिङ पनि गरेका छन् । उक्त म्यूजिक भिडियोमा उनी सँगै नायिका अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

विक्रम सुन्दासको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको यस गीतमा गायक कृष्ण काफ्ले स्वर दिएका छन् । गीतको म्यूजिक भिडियो निर्देशन विशाल भण्डारीले गरेका हुन ।


भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend