साझा नेटवर्क
अनिल खत्रि गुल्मी कार्तिक २४ ।
गुल्मीको रिडिमा रुरु गाउँपालिकाको माग गदै जनताहरु आन्दोलनमा उत्रिएका आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुदाँ दुई जना गम्भीर घाइते भएका छन् । स्थानिय पुर्नसंरचनाको विषयलाई लिएर रुरु गाविसको माग गदै रिडि बजार नै थप्प पादै हिजोदेखि आन्दोलनमा उत्रिएका उनीहरु शान्तीपुर्ण आन्दोलन गर्दा गदै प्रहरीले हस्तक्षेप गर्न खोजेको भन्दै प्रहरी र आन्दोलनकारी बिच झडप भएको हो ।
झडपका क्रममा स्थानिय रुरु ६ का दिपक कडेंल र रुरु ६ कै रमेश पोख्ररेल घाइते भएका छन् । घाइतेहरुको स्थानिय मेडिकलमा समान्य उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको कपिल रेग्मीले जानकारी दिनुभयो । झडपका क्रममा प्रहरीले पाँच,छ राउण्ड अश्रुलग्याँस प्रहार गर्दा स्थानियलाई समेत प्रभाव परेको छ । उक्त स्थान बन्दका कारण रिडि सडक हुदैँ आवजावत गर्ने गाडीहरु बिच बाटोमै अलपत्र परेका थिए ।
भने बन्दका कारण स्थानिय कलकारखाना, उद्योगधन्दा शैक्षिक संस्था,पसल थप्प भएका थिए । भने साँझ पाँच बजेदेखि बन्द खुलाएर रोकिएका सवारी साधन आ–आफ्नो गन्त्वय तर्फ पठाइएको बताइएको छ । दिनभर थप्प भएको बजार साँझदेखि खुलेसँगै चहलपहल बढेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend