logo
  • शनिबार, भाद्र २० २०८३

अक्टोबर क्रान्तिको शतवार्षिकी उद्घाटन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा, कतार ।
संसारका मजदुर एक हौ! “अक्टोबर क्रान्तिको झण्डालाई उचो राखौ नयाँ पीडिबाट हजारौँ क्रान्तिकारीहरूलाई भर्ना गरौँ” भन्ने मूल नाराका साथ दोहा स्थित कतार नेपाली एकता समाजका सचिब बिष्णु थापाको संञ्चालनमा सुरु भएको कार्यक्रम कतार नेपाली एकता समाज कतारका केन्द्रिय अध्यक्ष लुमाकान्त पुनको अध्यक्षतामा ब्यानर उदघाटन गरि सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरि एक समारोहको बीच अक्टोबर क्रान्तिको शतबार्शिकी कार्यक्रमको उद्घाटन सम्पन्न गरिएको छ ।
14962911_361857997481093_772228629_nकतार नेपाली एकता समाजका भुपु केन्द्रिय उपाध्यक्ष दावा लामा, केन्द्रिय उपाध्यक्ष मदन श्रीस ,महा सचिब खिम ब. बुढा, कोषाध्यक्ष धन परियार, सल्लाकार बल देब राना एकता समाज अन्तर्गत एरिया बिभाग सनैया बि एरिया अध्यक्ष अन्तमान गुरुङ, सनैया डी एरिया उपाध्यक्ष, टेक राज थापा, रक्तिम बिभाग सल्लाकार हेम बस्नेत लगायत अतिथि रहनु भएको थियो ।
14997251_361858107481082_320089501_nकार्यक्रममा कतार नेपाली एकता समाज कतारका केन्द्रिय सदस्य सुर्य सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। उक्त मन्तब्यको क्रममा बोल्दै भूपू उपाध्यक्ष दावा लामाले अक्टोबर क्रान्तिले आज १०० वर्ष पुरा गरेको सुभ अबसरमा सुभकामना व्यक्त गर्दै लेनिन मजदुर बर्गका महान नेता विश्वका श्रमिक शोषण-उत्पीडित बर्गको मुक्तिका लागि संघर्ष गरि रुसका जनता निम्त पहिला सफल मजदुर क्रान्ति नेता लेलिनले गर्नु भएका योगदान प्रति सम्मान्न गर्दै अक्टोबर क्रान्तिको विश्वको इतिहासमा नै एउटा नयाँ क्रान्तिकारी मोड दिएको समेत बताउनु भयो।

७ नोभेम्बर १९१७ मा रूसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सफल भएको बारे उल्लेख गर्दै त्यो क्रान्ति अक्टोबर महिनामा भएकोले त्यो क्रान्ति अक्टोबर क्रान्तिको रूपमा नै प्रसिद्ध भयको बताउनु भयो। पछि स्थानिय नेतृत्वमा रूसमा समाजवादी व्यवस्थाको निर्माण भयो र त्यसले विश्व समाजवादी व्यवस्थाको रूपमा विकास गरेको बताउनु भयो । त्यसरी ।

लेनिनको नेतृत्वमा रूसमा त्यहाँको कम्युनिष्ट पार्टीले सन् १९१७ को अक्टोबर महिनामा गरेको क्रान्तिको फलस्वरूप समाजवादी व्यवस्था स्थापना भएको प्रसंशा गर्दा “अक्टोबर क्रान्तिको झण्डालाई उँचा राख्न नयाँ पीडिबाट हजारौँ क्रान्तिकारीहरूलाई भर्ना गरौँ” भन्ने मूल नाराका साथ अक्टोबर क्रान्तिको शतवार्षिकी देशैभरि विभिन्न कार्यक्रमका साथ मनाइ रहेको अबस्थामा सङ्गठन विस्तारमा ध्यान दिनु पर्नेमा हामि सबैले जोड पर्ने बताउनु भयो।

नयाँ पिडि सदस्यहरूलाई, आहवान गरिने । त्यसले सङ्गठनको शक्तिमा बृद्धि हुनुका साथै देशको एउटा बलियो खम्बा बन्न सफल हुने बताउनु भयो। त्यसको भविष्य उज्ज्वल रहेको यथार्थ जनताका माझ पुर्या उनमा जोड दिनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा,मदन श्रीस,अन्तमान गुरुङ .टेक राज थापा खेम ब. बुढा धन परियार सुर्य सुबेदी, बलदेव राना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कतार नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष लुमाकान्त पुनले बोल्दै कार्यकर्म सभ्य एबम भव्यका साथ सम्पन्न भएकोमा उपस्थित सम्पूर्ण सहयात्री मित्रहरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend