logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा जिप दुर्घटना ७ जना घाईते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बाग्लुङ कार्तिक २४ ।
गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दा ७ जना घाईते भएका छन ।jeepघाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोहि ठाँउकी २३ बर्षीय जमुना थापा उनकी बहिनी १९ बर्षीय श्रृजना थापा त्यस्तै वडा नम्बर ३ का ६३ बर्षका सेते बिक सोही गाबिस वडा नम्बर १ का २४ बर्षका गोबिन्द बहादुर थापा र मर्भुङ ५ की ७२ बर्षयी शिवु अर्याल रहेका प्रहरीले बताएको छ ।

14971378_1811194755802106_1893440235_nसवारमा चालक सहित ११ जना रहेको अन्य बाकी सकुसल रहेको त्यहाँबाट पत्रकार लोकेश गिरीले जनाकारी दिनुभएको छ । दुर्घटना गाडीको ब्रेक फेल भएर भएको स्थानियले बताएका छन । घाईतेको जिल्ला अस्पतालमा उपचार हुदै गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend