साझा नेटवर्क
नेपाली साँगितिक क्षेत्रमा करिब १ दशक बिताई सकेका र पछिल्लो समयमा निकै चर्चामा रहेका हाँस्य कलाकार नीर आले मगर संग कृष्ण सारू मगरले साझा नेटवर्क डटकमका लागि तयार पार्नु भएको कुराकानी ।
निर जी स्वागत छ यहालाई साझा नेटवर्क डटकममा ।
नमस्कार एवम धन्यवाद कृष्ण जी !
सन्चै हुनुहुन्छ ?
एकदम सन्चै छु , अहिलेसम्म बाचिएकै छ भन्नुपर्यो ।
तपाईंको पूरा परिचय दिनुस् न ?
आमा मन कुमारी आले मगरकी कोख बाट नीर आले मगरलाई १५ अषाढ २०४३ का दिन जन्म दिएकी थिईन् । उनका बाबु भारतीय सेनाबाट अवकाश प्राप्त सुबेदार बोम बहादुर आले मगरका साहिला छोरा मल्यागंकोट- ५ इनास्कोट स्याङ्जा, हाल सम्म दर्जनौं म्युजिक भिडियो तथा नेपाली कथानक चलचित्र “प्रतिबिम्ब” एवं अन्य विभिन्न शब्द श्रृजनाको आधारमा अभिनयको भुमिका निर्वाह गरिरहेको छु, साथै स्टेज कार्यक्रमहरुको लागी देश-विदेशको यात्रामा छु ।
तपाँई एक कुशल नृत्य तथा सफल हाँस्य कलाकार हुनु हुन्छ,कलाकारिता क्षेत्रमा प्रवेश गरेको कति भयो ?
खै आफैले आफुलाई सफल भएको छु जस्तो अझै लागेको छैन किनकि मैले यो क्षेत्रमा गर्नुपर्ने काम धेरै बाकी छन जस्तो लाग्छ । म यस क्षेत्रमा प्रवेश गरेको झन्डै एक दशक पूरा हुँदैछ ।
हाँस्य कलाकारले दर्शक तथा शुभेच्छुकको मन जित्न कत्तिको कठिन छ ?आफ्नो कलाको प्रतिभा बाँड्दै हाल सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?
सहि प्रसंग उठाउनु भयो तपाईंले, विभिन्न विधाका कलाकारले विविध समस्या संग सामना गर्दै, संघर्षका बावजुद पनि आफ्नो कला र प्रतिभाको उचित स्थान, नपाएर कति कलाकारहरू ओझेलमा परेका थुप्रै उधारणहरू छन् । वर्तमानको समसामयिक विषय वस्तुमा ढालेर प्रस्तुति दिन भने सोचे जस्तो सहज हुँदैन ।
किनकि, आदरणीय पूर्व अग्रज कलाकारले बजार ब्यावस्थापन पश्चात् सोही, शब्द तथा लय श्रृजनालाई हाँस्य कलाकारले ब्यङ्ग्यात्मक सैलिमा ढालेर अभिनय गरी आदरणीय श्रोता तथा दर्शकलाई सन्तुस्ति दिलाउन निकै चुनौतीपुर्ण र धेरै कठिन पनि छ । मेरो कुशल कला र प्रतिभाको मुल्यांकन गरी आदरणीय दर्शक तथा शुभेच्छुकहरूको मायाँ, सद्भाव, प्रेरणाले आज यो स्थान सम्म आउन सफल भएको छु ।
हाल सम्म हङकङमा दुईपटक, दुबई, भारत र जापान पुगेको छु । भने, यहि आउँदो ११ नोभेम्बर २०१६ सुक्रबारका दिन कतारको प्रतिष्ठित शहर दोहामा आउँदै छु । अत: हाम्रा अग्रज आदरणीय बुद्धिजीवी तथा शुभेच्छुक ज्यूहरूको सुझाब, सल्लाह, निरन्तर साथ पाएको खण्डमा आगामी दिनमा अझ राम्रा-राम्रा प्रस्तुतिले मनमोहक बनाउने विश्वास दिलाउन चाहन्छु ।
पछिल्लो समयमा दर्शक,श्रोता एवं शुभेच्छुकहरूमा हाँस्य कलाकारको माग ह्वात्तै बढ्दै गएको पाईन्छ । वास्तविकता के हो यस बारेमा बताई दिनुस न ?
वास्तवमा भन्नु पर्दा हामीलाई विभिन्न परिकार मध्ये दाल, तरकारी, मासु आदि, ईत्यादिको भोजनका रूपमा ग्रहण गरिन्छ त्यसमा थप अचार भै दियो भने झन् मीठो र स्वादिष्ट बन्छ । तसर्थ, हाँस्य कलाकार पनि त्यही अचार हो भन्न रुचाउँदछु ।
कलाकार के हो जस्तो लाग्छ ?
विभिन्न विधाका कुनै पनि कलाकार राष्ट्रका गौरव हुन् । अमुल्य सम्पत्ति हुन् । किन कि हाम्रो देश भौगोलिक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुपहिचान र मौलिक परम्परा, संस्कार, संस्कृतिका धनी छौँ । सोही बमोजिम विभिन्न उद्धेश्यले कलाकारले, संरक्षण, प्रवर्द्धनमा उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह रहेको छ । भने समाजिक कार्यमा पनि योगदान पुर्याउँदै आएका छन् ।
तर, सम्बन्धित निकाय र मन्त्रालयले कलाकारहरूलाई उचित ब्यावस्थापन गराउन नसक्दा दु:ख लाग्छ । तसर्थ, अब संशोधन हुने संविधानले हरेक कलाकारलाई विशेष स्थान र राज्यले उचित ब्यावस्थापन सहित जिविको पार्जनका नीति, निर्माणको तहमा गम्भीर ध्यानाकर्षण रहोस् भन्न चाहन्छु ।
भर्खरै धुर्मुस सुन्तली नामक फाउन्डेशनले विभिन्न देशमा रहेका नेपालीहरूको सह्योगले सिन्धुपाल्चोकको गिजनचौर स्थित एकीकृत नमुना बस्ती बनाई भुकम्प पिडितलाई हस्तान्तरण गरे, हाँस्य कलाकारले नै देशमा एउटा नौलो र उधारणीय काम गरेका छन यसमा तपाईंको धारणा कस्तो छ?
आदरणीय सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) ले आफ्नो ब्यक्तित्वलाई मात्र होईन सारा नेपालीको शिर उच्च बनाउनु भएको छ । उहाँले गर्दा नै सिङ्गो हामी कलाकारको मान प्रतिष्ठा बढेको छ । उक्त अभियान सफल बनाउन सबै क्षेत्र बाट आर्थिक, भौतिक, नैतिक वैचारिक साथ, सह्योगले (धुर्मुस-सुन्तली) फौण्डेशन सफल भएको हो । (धुर्मुस-सुन्तली) दम्पतीलाई हार्दिक बधाई दिन चाहन्छु ।
असंभब केही छैन भन्ने यही एकीकृत नमुना बस्तीको उदाहरणबाट हाम्रा देशका नेताहरूले उहाँको पाठ सिकुन् । विगतमा गरेका आफ्ना गल्ती कमी, कमजोरीको आत्मा समीक्षा गरी सिमित स्वार्थलाई त्यागेर देश विकाश र समाजसेवा प्रति उत्तरदायी भै सकारात्मक ईक्षा शक्तिको बिकास हुनु पर्यो भन्न चाहन्छु ।
११ नोभेम्बर २०१६ का दिन नेपाल मगर संघ शाखा कतारको साँस्कृतिक विभागले आयोजना गरेको कार्यक्रमका लागि कतार आउँदै हुनु हुन्छ, कतारबासी श्रोता तथा दर्शक एवं शुभेच्छुकहरूलाई साझा नेटवर्क मार्फत केही सन्देश छन् ?
कतारबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई म लगायत साथीहरु कार्यक्रमको लागी नोभेम्बर ११ तारिक कतार आउँदैछौं । सम्पूर्ण कतारबासी नेपाली दाजुभाई दिदीबहिनीहरु उक्त कार्यक्रममा उपश्थित भैदिनु होला र रमाइलो गरौला भन्न चाहान्छु । साथै मलाई र मेरो कलालाई यसरी नै माया गर्दिनु होला भन्न चाहान्छु ।
व्यस्त समयको बाबजुद पनि हाम्रो साझा नेटवर्क डटकमलाई समय दिनु भो, हजुरलाई धन्यबाद !
मलाई पनि मेरो बारेमा आफ्ना कुराहरु राख्ने अवसर दिनुभएकोमा हजुर लगायत साझा नेटवर्क डटकम प्रति धेरै आभारी छु ।
प्रस्तुती-कृष्ण सारू मगर कतार ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend