logo
  • शनिबार, साउन ३० २०८३

मदन भन्डारी स्पोर्ट्स एकेडेमीको भलीबल प्रतियोगिता दश डिसेम्बर देखि सुरु हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

ekadami bhandaariहिम शिखर, नयाँ दिल्ली भारत ।
“हाम्रो अभियान खेल र खेलाडीको उच्च सम्मान” भन्ने मुल नारा सहित गत महिना वैधानिकता प्राप्त गरेको मदन भन्डारी स्पोर्ट्स एकेडेमी भारत शाखाको आयोजनामा हुने नेपाल भारत मैत्री भलिबल प्रतियोगिता आगामी डिसेम्बर १० तारीख देखि सुरु हुने भएको छ ।

नोभेम्बर ६ तारीख आइतबार YMCA भवन दिल्लीमा एकेडेमी इन्चार्ज गोपाल थापाको प्रमुख आतिथ्य र राम प्रसाद शर्माको अध्यक्षतामा बसेको चौथो बैठकले सो निर्णय गरेको थियो । उक्त बैठकले भलिबल प्रतियोगिताको समापनको दिन नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको प्रस्तुतिमा भव्य सांस्कृतिक कार्यक्रम गर्ने तयारी समेत गरेको छ ।

भारतका विभिन्न प्रान्तमा बस्दै आएका र खेल प्रती अभिरुचि राख्ने युवाहरूलाई प्रोत्साहित गरि खेल क्षेत्र र खेलाडीको समग्र विकासको लागि वैधानिक रुपमा खोलिएको उक्त एकेडेमीको यो आयोजना पहिलो तर एतिहासिक हुने उक्त वैठ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend