logo
  • शनिबार, भाद्र २० २०८३

कार्यदलले गराएको गर्भधारणले शिर्ष नेतालाई प्रसव पिडा


  • प्रेम सुनार
  • शनिबार, भाद्र २० २०८३

-प्रेम सुनार, गुल्मी ।
स्थानिय निकायको जन्मदिन गुल्मीका शिर्ष नेताहरुलाई प्रसव पिडा जस्तै परेको छ । महिनौं सम्म सर्वदलिय ठोंड जोडेर कार्यदलले स्थानिय निकायको गर्भधारण
गराएर जन्मदिने जिम्माशिर्ष नेताहरुलाई दिएको थियो । सोही अनुरुप सवै दलका शिर्ष नेताहरुलाई हप्तौ सम्म व्याथा लाग्यो ।

हिजो राती अवेर सम्म पनि प्रसव पिडा खेपेका यहाँका शिर्ष नेताहरुलाई आन्दोनरत महिलाहरुले सोडेनीका रुपमा सघाउँदा समेत स्थानिय निकायको जन्मदिन नसकेको बताईएको छ । श्रोतका अनुसार जिविस भित्रको सभाहल भनिने अस्पताल भित्र सल्यकृया हुन नसकेपछि हिजो दिउँसो तम्घासको एक होटलमा विशेष डाक्टरहरुलाई बोलाएर सल्यकृयाको प्रयास गरिएको थियो ।

घण्टौं सम्म प्रयास गरिए पनि स्थानिय पुनरसंरचना रुपीशिशु आधा भाग मैं अड्किएपछि नवजात शिशुको मुहार हेर्न र सेक्नका लागि वाहिर आगो फुक्दै र तेल तताउँदै वसीरहेका आफन्तजनहरुमा निरासा छाएको थियो । निरास आफन्तजन मध्येका एक जना भन्छन् –‘यो गर्भ तेरो , यो मेरो’को दहलफसलका कारण विचमैं अडकिएको हो । अर्को एक श्रोत भन्छ – कार्यदलले गर्भधारण गराउने बेलामाभोलिको परिणाम ख्याल नगरेका कारण यस्तो हुन गएको हो । गर्भवतीहरु (शिर्ष नेताहरु ) आज विहानै देखि तम्घासका विभिन्न अस्पतालहरुमा सफल शल्यक्रियाका लागि चिकित्सकहरु बिच परार्मशमा जुटेको बताइएको छ

मुख्य तिन वटा गर्भवती घरानहरु (प्रमुख तिनदल)एक आपसमा टस्कमश हुन नसकेपछि छिमेकी अरु गर्भवतीहरुले शिशु जन्मदिने अर्को एक उपाय निकालेको जनाइएको छ । तर प्रमुख तिनदल भने गाउँघरे शैलीमै जन्म दिनुपर्छ भन्ने पक्षमै लागिपरेको स्रोत बताउँछ । कुनै एक दलभने डाक्टरले तोकेको शिशुको संख्या बढाउनु पर्छ भन्दै गरेको भन्ने सुनिएको छ । डाक्टरले दिएको म्यादहिजो अन्तिमहो भनिए पनि नौ महिने को सट्टा कहि नभाको जात्रा हाँडी गाउँमा भने झैं दशमहिने वा बाह्र महिने हुने होकीभन्ने चिन्ता आफन्त जनमा रहेको छ ।

छिमेकी जिल्ला पाल्पा लगायतमा भने अँस्तीदेखि नै पुर्नसंरचनारुपी शिशु जन्मेको खुसीयाली मनाइएको छ । छैठीँ समेत गरी न्वारनका लागि पशुपतिनाथ मन्दिरतर्फ (आयोग) जाँदै गरेको पाल्पाका एक पन्डितले बताएका छन् । तान्सेनले त्यति धेरै टाढा अर्गेलीकी मैयाँलाई टपक्कै टिपेर लैजाँदा समेत स्थानियले सहेका छन । तर, दुई तिन घण्टाको दुरीमा रहेका गुल्मीका केहि मैयाहरु सँगको सम्बन्ध जोड्न खोज्दा पनि टाढा पर्यो, चिना–गोत्रा मिलेन जस्ता कुराहरुको अड्को थाप्ने सर्वसाधारण गुल्मीलीहरु पनि दोषीभएको पाल्पालीहरुको आरोप छ ।

गुल्मीमा सफल शल्यक्रिया हुन नसके रिफर गरी पाल्पा पठाइदिन वाहुतीहारा भर्याैँ भन्दै काठमाडौँको विर अस्पाताल पठाइदिन उनिहरुद्धारा सुझाव दिइएको छ । गुल्मीमा शुरुमा बढिमा नौ सन्तान जन्माउन भनिएको थियो । तर बाबुहरु (गाउँ प्रमुखहरु) धेरै बन्ने चाहानामा बाह्र सन्तानको माग इश्वरसँग (आयोग संग) गरिए पछि दयावान इश्वरले पुरा गराई दिएका थिए ।

तर गजबको कुरा शुरुमानौ सन्तान पनि वढी हुन्छन,पाल्न सकिदैन भनेको एक वावुले –(एक दलले ) अहिले तेह्र सन्तान ईश्वर (आयोग ) सँग माग गरी अंशपात मिलाउन ग्राहो पर्यो भन्दै अड्को थापेको बताइएको छ । भावी सन्तानहरुको अंशपात कसैले वेशी–खेत रोज्ने, कसैले डाँडापाखा रोज्ने त कसैले बुढो घर मलाई नै चाहिन्छ भन्दै पाखुरा निमोठा–निमोठ गरेका कारणले पनिगर्भमा रहेको शिशुले लौ तखाऊ भनेर गर्भवतिहरुलाई थप पिडा दिनचाहेको तल्लो पेट श्रोतले बताएको छ ।

शिशु सेकसाकका लागि आगो फुक्ने र तेल तताउने कार्य सदरमुकाम तम्घास मात्र नभई आज विहानै देखि गौडाकोट, जुभुङ्ग ,मजुवा,इन्द्रेगौडा ,रिडी ,खज्याङ् लगायतका स्थानमा पनि शुरु गरिएको जानकारी गराइएको छ । शिशु जन्मीने कुरामा ढुक्क भएका स्थानमा भने घिऊ–तेल,कुखु्रा लगायतको शिशु–सुत्केरी पोषणको जोरजाम हुन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend