logo
  • शनिबार, भाद्र २० २०८३

बेलायतमा कवि/गिताकार राइले अभिव्यक्ति श्रंखला मन्चन गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुर्य चन्द, काठमाडौं कार्तिक २३।
नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिका क्षेत्रमा एक दशकदेखि कार्यरत बेलायतको संस्था नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा वार्षीक आयोजना गर्दै आइरहेको अभिव्यक्ति श्रंखला यस वर्ष ९औं भागमा कवि/ गीतकार निर्मला परिवेश राईलाई मन्च प्रदान गर्ने भएको छ ।
rai
कवि/गीतकार निर्मला परिवेश राई बिगत दुइ दशकदेखि कर्मथलो बेलायतमा बसेर साहित्य विधामा आफ्नो कलम चलाउदै आएकी एक प्रतिभाशाली कवयत्री तथा गीतकार हुन । निर्मला परिवेश राइले नेपाली प्रतिभा प्रतिष्ठान संस्थाको स्थापनाकाल देखि नै गरेको योगदानको कदरस्वरुप वार्षीक आयोजना गर्दै आइरहेको अभिव्यक्ति श्रंखला यस वर्ष ९औं भागमा कवि/गीतकार निर्मला परिवेश राईलाई मन्च प्रदान गर्ने निर्णय गरिएकोे हो ।

बेलायतमा बस्दै आएकी खोटाङको सुङ्देल जन्मघर भए पनि सोलुखुम्बुको देउसा, रनेमलाई कर्मघर बनाएकी उनी एक समय ब्रुनाईलागि साहित्यिक दूत समेत रहेकी थिइन भने हिजोआज उनी बेलायतमा बस्दै आएकी छिन । करिब २२ बर्ष देखि साहित्य विधामा कवि तथा गीतकार निर्मला राईले पुर्याएको अतुलनिय योगादन स्वरुप उनीलाई यो अवसर प्रदान गरिएको बताइएको छ ।

उनि साहित्य कविता तथा गित लेखनमा पोख्त छिन भने करिब २३० वटा भन्दा बढी आफ्नो गितहरु रेकर्ड गराई सकेकी गीतकार निर्मलाले आफ्नै गीति एल्बम समेत नेपाल बजारमा लिएर आईसकेकि छिन त्यसैगरी आफ्नो कबिता संग्रह देखि अन्य कृति हरुपनि आईसकेको जानकारी उनि गराउछिन । उनि एक कवयत्री गीतकार मात्र नभएर सामाजिक सेवाको भावना बाट ओतप्रोत भएकी समाजसेवी पनि हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend