साझा नेटवर्क
प्रकाश घिमिरे/अनिश शर्मा गैरे, गुल्मी कार्तिक २२।
इलाका नम्बर ११ का सम्पुर्ण गाबिसहरु लाइ एकै क्लस्टरमा राखी छुटटै गाँउपालीका र त्यसको केन्द्र ग्वालीचौर माग गर्दै एक टोली जिल्ला सदरमुकाम डेलिगेशन गएको छ । पहिलेनै प्रस्तावित बडिगाढ गाँउपालीका र त्यसको केन्द्र ग्वालीचौर रहनुपर्नै माग सहित ग्वालीचौर, जलजला, भिमगिठे, दर्लिङ, रणसिँह किटेनी लगायतका राजनीतिक दल तथा बुद्धिजिवीहरुको संयुक्त टोली डेलिगेशन गएको हो ।

उनीहरुले आजै सदरमुकाममा पुगी बाग्लुङ् क्षेत्र नम्बर ३ की सासँद ज्ञानकुमारी छन्त्याल, प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, तथा जिल्ला स्थित सम्पुर्ण राजनीतिक दलहरुलाइ ज्ञापन पत्र बुझाएका हुन । उक्त ज्ञापन पत्रमा उनीहरुले इलाका नम्बर ११ का गाबिसहरु भिमगिठे दर्लिङ ग्वालीचौर जलजला रणसिँह किटेनी, दगातुम्डाडा, सिसाखानी, लाइ एकै क्लस्टरमा रहने गरी गाँउपालीका रहनुपर्ने र केन्द्र ग्वालीचौर हुनुपर्ने माग राखेका छन ।
उक्त डेलिगेशन टोलीमा ग्वालीचौरबाट नेपाली काङ्ग्रेसका सभापति अर्जुन खरेल, नेकपा एमालेका गाबिस अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका अध्यक्ष कलाधर घिमिरे, शिक्षक संघ जिल्ला अध्यक्ष सागर खरेल, नागरीक समाजका प्रतिनिधि राम बहादुुर कुवँर नविन, एमाओबादीका केन्द्रिय सदस्य राजीव घिमिरे, नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार सदस्य तिर्थमणी भुषाल, शिक्षक प्रतिनिधि खिमानन्द आचार्य, तरुण दल ग्वालीचौरका उपाध्यक्ष योगेन्द्र खरेल, समाजसेवी तथा बुद्धिजिवी जीवलाल खरेल, महिला प्रतिनिधि कल्पना खरेल, आमा समुह प्रतिनिधि सरिता आचार्य, दलित अगुवा प्रेमलाल बिक, उद्योगपति तथा ब्यबसायी हरि दत्त आचार्य सहभागी रहेका छन ।
त्यसैगरी भिमगिठे गाबिसका नेपाली काङ्ग्रेसका चक्र बहादुर केसी, दिपेन्द्र केसी, नेकपा एमालेका दिनेश शर्मा पौडेल, नेकपा माओबादी केन्द्रका नर बहादुर केसी, शान्ति समितिका संयोजक कृष्ण भटटराइ रहनुभएको छ तयसैगरी, दर्लिङ गाबिसबाट नेपाली काङ्ग्रेसका भरत केसी, नेकपा एमालेबाट दिपक रायमझी, एमाओबादीका बिरेन्द्र बुढा, जनजाती प्रतिनिधि तेजेन्द्र थापा, तथा जलजला गाबिसबाट नेपाली काङ्ग्रेसका ज्ञान बहादुर श्रीस, रणसिँह किटेनीबाट नेकपा एमालेबाट जीवन काउचा, माओबादी केन्द्रको तर्फबाट यम बहादुर राना तथा महिला प्रतिनिधि जमुना काउचा लगायतको उपस्थिती रहेको छ ।
बडिगाढ नदिको काखमा रहेका खर्बाङ बजार, ग्वालीचौर बजार ,खाल भिमगिठे, दर्लिङ्को मालारानी, हुदै दर्लिङ खोला सम्म सुन्दर शहर बिस्तार गर्न सकिने भएकोले यस गाँउपालीका जिल्लामै नमुना बन्न सक्ने नेकपा एमालेका ग्वालीचौरका अध्यक्ष कमलराज आचार्यले बताउनुभयो ।
उहाँले यस इलाका नम्बर ११ को उपल्लो भेग पर्यटकिय सम्भाबना बोकेको क्षेत्र भएको र बडिगाढ खोलामा ६ भन्दा बढी बिद्युत आयोजना सञ्चालन गर्न सकिने सम्भाबना भएकोले यो गाँउपालीका जिल्लामै नमुना र अगाडी हुने बताउनुभयो ।
यस इलाकामा मध्यपहाडी लोकमार्गको प्रवेशद्धार र पहाडी क्षेत्रकै ब्यस्त कच्ची सडक रिडी रुद्रबेणी वामी टक्सार सडकखण्डको पनि प्रमुख नाका रहेको हुनाले खर्बाङ बजारले बढी फाइदा लिन सक्ने समाजसेवी तथा बुद्धिजिवी जीवलाल खरेलले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend