साझा नेटवर्क
बिमल खड्का, बागलुङ कार्तिक २२।
राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्तिको सतबार्षिकी कार्यक्रम देशव्यापी रुपमा एकैसाथ उद्घाटन गरि मनाएको छ । विश्वको ऐतिहासिक रुसी अक्टोबर क्रान्तिको सय वर्ष प्रवेश गरेको अवसरमा उक्त सतवार्षिकी कार्यक्रमको उद्घाटन गरि मनाइएको हो ।
बुर्तिबाङ र बोहरागाउँको झिवाखोलामा पनि आज कार्यक्रम सम्पन्न भएको बताइएको छ । राष्ट्रिय जनमोर्चा एरिया समिति बुर्तिबाङको आयोजनामा सम्पन्न बुर्तिबाङको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं गण्डकी धौलागिरी इन्चार्ज राजेन्द्र ढुंगानाले गर्नुभएको थियो ।
प्रमुख अतिथि ढुंगानाले कार्यक्रममा बोल्दै पुँजीवादी संसदीय व्यवस्थाले आम शोषित पीडित वर्गको हित गर्न नसक्ने भन्दै नेपालमा पनि जनवादी र समाजबादी क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ । थप बोल्दै उहाँले देशमा अहिले ठूला र क्रान्तिकारी भनिने कम्युनिष्ट पार्टीहरु पनि पुँजीवादी दलदल र सत्ता स्वार्थमा विलिन भएको आरोप लगाउँदै अक्टोबर क्रान्तिको महत्व र औचित्यलाई आत्मसाथ गरि समाजवादी क्रान्तिलाई सशक्त बनाउनु पर्ने वर्तमान आवश्यता रहेको धारण व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दुर्गादेबी घर्ती मगर, पन बहादुर वि.क. लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अखिल छैठौंकी गीता सापकोटा, राष्ट्रिय जनमोर्चा बुर्तिबाङका अध्यक्ष धन बहादुर खत्री, उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाइका उपाध्यक्ष निमलाल पाण्डे, जनवर्गीय संगठन तथा संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनमोर्चा बुर्तिबाङ एरियाका अध्यक्ष धन बहादुर अदैको अध्यक्षता र अखिल नेपाल युवक संघ बुर्तिबाङ एरियाका अध्यक्ष तिलक बुढाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन शिव चालिसेले गर्नुभएको थियो । त्यसैगरि अक्टोबर क्रान्तिको सतबार्षिकी कार्यक्रमकै अवसरमा बोहरागाउँको झिवाखोलामा पनि कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरिश्वर पाण्डेले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि पाण्डेले अक्टोबर क्रान्तिको महत्व नेपालको सन्दर्भमा पनि अहिले त्यत्तिकै भएकाले यसको महत्वलाई बुझी समाजवादी क्रान्तिबाट मात्र शोषित पीडित जनताको उन्मुक्ति हुन सक्ने बताउनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य खिम विक्रम शाही, अखिल नेपाल युवक संघका जिल्ला सदस्य जुन विक्रम शाही, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य ओमप्रकाश हमाल, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य विन्दु हमाल, राष्ट्रिय जनमोर्चा बोहरागाउँका अध्यक्ष राम बहादुर चन्द, निसी ग्राम समितिका अध्यक्ष उजिर सिंह घर्ती, देविस्थान ग्राम समितिका डिल बहादुर कार्की, शिक्षक मोर्चाका प्रतिनिधि भूमिराज आचार्य, जातीय समता समाजका मन बहादुर नेपाली लगायत पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
आजै जिल्लाका अन्य ६ स्थानमा गरि जिल्लाका ८ स्थानमा एकैसाथ कार्यक्रमको उद्घाटन गरिएको छ । जसमध्ये गल्कोटमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले, खर्बाङको कार्यक्रमको उद्घाटन जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटाले, बरेङमा जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार नरबहादुर पुनले, कुश्मिशेरामा राजमो केन्द्रिय पार्सद कृष्ण थापाले, बलेवामा नेकपा मसालका जिल्ला प्रवक्ता भरत पौडेलले र बागलुङमा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुँवरले एकैसाथ कार्यक्रमको उद्घाटन गर्नुभएको बताइएको छ ।
सन् १९१७ अक्टोबर ७ तारिकका दिन अक्टोबर क्रान्ति सम्पन्न भएको थियो । रुसको निरङ्कुश जार सरकारको पतन गरि समाजवादी व्यवस्था स्थापना गर्नका लागि लेनिनको नेतृत्वमा भएको यस क्रान्तिको प्रभाव रुसमा मात्र नभएर विश्वव्यापी रुपमा एक ऐतिहासिक घटना मानिन्न ।
यसै घटनाको स्मरण गर्दै राष्ट्रिय जनमोर्चाले देशभर ५४ जिल्लाका १ सय २० स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरि अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । वर्षभरि नै विभिन्न कार्यक्रमहरुको आयोजना गरि सतबार्षिकी कार्यक्रम सम्पन्न गरिने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले जानाकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend