logo
  • शनिबार, साउन ३० २०८३

बागलुङमा ५ गाबिस समेटी गाउपलिका माग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिमल खड्का, बागलुङ  कार्तिक २२ ।
भिमगिठे दलिङ ग्वालिचौर रणसिहकिटेनी र जलजलालाई समेटी एउटा गाउपलिकाको माग गर्दै सर्बदलिय संयन्त्र र बुद्धिजिबीको एक टोली बागलुङ पुगेको छ । स्थानिय निकाय पुर्नसंरचना प्राबिधीक समितिले पछिल्लो समय प्रस्ताबमा ल्याएको भिमगिठे र दलिङ गाबिसलाई बुर्तिबाङ नगरपालिकामा राख्ने प्रस्ताब प्रति असन्तुष्ठ जनाउदै टोलीले पुर्व प्रस्ताबित बढिघाट गाउपालिकालाई नै कायम गर्नुपर्ने भन्दै हिजो बागलुङ पुगेका छन ।

उक्त टोलीमा भिमगिठेबाट नेपाली काँग्रसेका तर्फबाट दिपेन्द्र केसी लेखत बहादुर रायमाझी चक्र बहादुर केसी दलिङबाट सभापति भरत केसी ग्वालिचौरका सभापति अजुर्न खरेल तथा एमालेका तर्फबाट कृष्ण भट्राई दलिङबाट दिपक रायमाझी ,नेकपा माओबादी केन्द्रबाट राजिब धिमिररे कलाधर धिमिरे पत्रकार दिनेश शर्मा संधिय समाजबादी फोरमका प्रदेश नम्बर ४ का उपाध्क्षय बिरेन्द्र परियार लागएतको २५ जनाको टोली बागलुङ पुगी उनीहरुले नेपाली काँगेस क्षेत्र नम्बर ३ की सांसद ज्ञानकुमारी छन्त्याल सांसद नर बहादुर थापा सांसद प्रकाश पौडेल तथा नेपाली काँगे्रस जिल्ला सचिब नबराज शर्मा नेपका एमालेका नेता हिरा केसी नेकपा माओबादी केन्द्रका राजिब घिमिरे सग भेटी साहायक प्रमुख जिल्ला अधिकारी स्थानिय बिकास अधिकारी सम्क्ष स्मरण पत्र बुझाएका छन ।

उक्त टोली हिजो ५ गाबिसको नेतृत्व लिई आफुलाई बुर्तिबाङ नगरपालिका सर्बमान्य नहुने भन्दै बागलुङ पुगेका थिए । साथै सो माग पुरा नभए सम्म आफु नफकर्ने र माग सम्बोधन नभए थप आन्दोलन गर्ने सोही टोलिमा गएका दिनेश शर्माले बताउनुभयो । साथै हामी सगै बोल्दै हाम्रो सर्बपक्षिय बैठक भएकाले हामी बुर्तिबाङमा नजाने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend