साझा नेटवर्क
बिमल खड्का, बागलुङ कार्तिक २२ ।
जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजनामा बागलुङ क्षेत्र नम्बर ३ का ५ ओटै स्रोतकेन्द्रका १ सय ८६ सामुदायिक बिद्यालका प्रध्यानध्यापक बिच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा बागलुङ पश्चिमका बुर्तिबाङ, बोगादोभान ,बोहोरागाऊ, भिमगिठे र ग्वालीचौर श्रोत केन्द्रका श्रोतव्यक्ति तथा बिधालयका प्रध्यानध्यापकबिच बिद्यालयको गुणस्तरीय शिक्षा , बिद्यालयको कार्यक्रम तथा कार्यन्वयनका बिचमा छलफल हुनुका साथै बिद्यालय सम्रग व्यबस्थापन तथा शैक्षिक उपलब्धी सुधारका लागी बिद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारी बिच १९ बुदे कार्य सम्पादन समझौतामा हस्ताक्षर भएको छ ।
विद्यालयमा विद्यार्थीहरुको पठनशीपमा कमी आएका कारण समग्र जिल्लाको विद्यालय गुणस्तर शिक्षालाई अभिवृद्धि गर्न जिल्ला शिक्षा कार्यालयले यस वर्ष ठोस योजना तयार पारेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले बताउनु भएको छ । त्यसैगरि यस अधि माध्यमिक विद्यालयका प्रधानाध्यापकह रुबीच मात्र यस खालको कार्यक्रम हुने गरेको भएपनि यसपटक भने सबै तहका जिल्लाभरिकै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुबीच बैठकको आयोजना गरि छलफल तथा कार्यसंपादन संझौतामा हस्ताक्षर गरिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेम आचार्यले बताउनु भएको छ ।
उक्त कार्यक्रममा विद्यालयको गुणस्तर सुधारका विषयमा जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले,कार्यसंपादन र कार्यक्रम कार्यान्वयनका विषयमा शाखा अधिकृत खेम आचार्यले,विद्यालय संचालनका संबन्धमा शाखा अधिकृत लोकनाथ आचार्यले र औपचारिक शिक्षाको विषयमा शाखा अधिकृत सरितादेवी शर्माले प्रशिक्षण दिनुभएको थियो ।
उक्त कार्यक्रम जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रको अध्यक्षता,विद्यालय निरीक्षक भरतकाजी अर्यालको स्वागत मन्तव्य र स्रोत व्यक्ति बेद बहादुर बुढाको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend