साझा नेटवर्क
हिम शिखर, नया दिल्ली कार्तिक २२ ।
अमेरिकाको जर्जिया राज्यमा गत शुक्रबार भएको एक सडक दुर्घटनामा गुल्मी पिपलधाराका एकै परिवारका चार जनाको मृत्य भएको छ । जर्जियाको एटलान्टा स्थित जेर्फसन काउन्टीमा अठार पाँङग्रे एक मालबाहक ट्रकसँग ठोक्किदा निशान अल्टिमा कारमा सवार गुल्मी पिपलधारा ७ कटौजे घर भई हाल अनामनगर बस्ने चिरन्जीवी खनाल, उनकी पत्नी श्यामा खनाल, बुहारी ऋचा खनालर प्रतिमा सुवेदीको मृत्यु भएको हो ।
दुर्घटनामा खनालका छोराद्वय समीर खनाल र सुवास खनाल भने घाइते भएका छन् । दुवै कारको अघिल्लो सिटमा सवार थिए । रातको नौ बजे खनाल परिवार सवार कार ‘२९६’ नामक राजमार्गबाट जर्जियाको उत्तरी दिशातर्फ गईरहेको अवस्थामा राजमार्ग ‘८८’ मा मालबाहक ट्रकसँग ठोक्किएको थियो ।
जेर्फसन काउन्टीका अधिकारी ईडवार्ड जेम्सलाई उदृत गर्दै स्थानीय मिडियाका अनुसार ट्रकचालकले सडकमा अकस्मात अगाडी देखिएको कारलाई बचाउन खोजे पनि दुर्घटना भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend