logo
  • शुक्रबार, असोज ९ २०८३

रामेछापमा स्थानीय पुर्नसंरचाको बिषयलाई लिएर नागरिक आन्दोलित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

निरोज कुमार थापा मन्थली, कार्तिक २१ ।
रामेछापमा स्थानीय तह निर्धारणको बिषयलाई लिएर नागरिक आन्दोलित भएका छन । शनिबार रामेछापमा २ नगरपालीका र ६ गाउँपालीका रहने गरी स्थानीय तहको सिफारिस गरिएकोमा दोरम्बा,गोठगाउँ र खिम्ती गाबिसका स्थानीय आक्रोशित भएका हुन । दोरम्बामा गाउँपालीकाको केन्द्र नराखी टोकरपूर पु¥याईएको भन्दै त्यहाँका स्थानीयले आज चक्काजाम गरी निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन ।

यस्तै गोठगाउँमा पनि बिरोध भएको छ । बिकासका सामान्य पूर्वाधार समेत निर्माण नभएको गाबिसलाई भुगोल नमिल्ने गरी रामेछाप नगरपालीकामा समाबेश गरिएको भन्दै स्थानीय रुष्ट बनेका छन ।त्यसैगरी बिकासमा फड्को मारेको खिम्तीलाई नजिकै पर्ने मन्थली नगरपालीकामा नराखी गाउँपालीकाको केन्द्रमा राखिएको भन्दै स्थानीयले आक्रोस पोखेका छन । रामेछापका राजनीतिक दलले भुगोल नहेरी आफ्नो अनुकुल गाउँपालीका सिफारिश गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend