logo
  • शुक्रबार, असोज ९ २०८३

बुर्तिबाङ जागरण युवा क्लबको दोस्रो साधारण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक २१।
बाग्लुङ जिल्लाको पश्चिम क्षेत्रमा सामाजिक काममा अग्रसर हुदै आएको जागरण युवा क्लबको दोश्रो सधारण सभा आज बुर्तिबाङमा भएको छ । आज भएको साधारण सभाले थमनाथ पौडेलको अध्क्षयतामा ११ सदस्य कार्यसमिति गठन गरिएको छ ।

जस्मा उपाध्क्षय दिपेन्द्र छन्त्याल सचिव झम श्रीपाली सहसचिबमा राजु बिक कोषाध्क्षय भाबिका बिसी र अन्य सदस्यहरुमा तारा कुँबर,हुमी कुँवर, (सृजना ) योगेन्द्र बिश्कर्मा, गोपाल बिक र जसिन्द्र श्रीपाली सर्वसमबत निबाचित हुनभएको छ । साथै साधारण सभाले क्लबको निती तथा कार्यक्रम क्लबको आर्थिक प्रतिवेदन र प्रगती प्रतिवेदन सर्बसम्बतले पारित गरेको छ ।

आजै गठित कार्यसमितिको पहिलो बैठक आज बसी बुर्तिबाङ गाउबिकास समितिको वडा नम्बर ८ ,देबिस्थान गाबिसको वडा नम्बर ८ र अधिकारीचौर गाबिसको वडा नम्बर १ को बाहुन गाँउमा सम्बधित वडाका अगुवा संग छलफल गरि सभ्य घर छनोट प्रतियोगितां संञ्चालन गर्ने निर्णय भएको क्लबका अध्क्षय थमनाथ पौडेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend