साझा नेटवर्क
कृष्ण बिसी, गुल्मी कार्तिक २१।
हिमालय उच्च माध्यमिक बिद्यालय हस्तिचौर २ गुल्मीमा हुन लागेको शैक्षिक एवंम धार्मिक महोत्सवको आज एक कार्यक्रमका बिच बिद्यालयमा सचिवालयको उदघाटन गरिएको छ । जिल्लाकै नुमना प्रबिधियुक्त शैक्षिक संस्था एवं क्याम्पस सञ्चालनका लागी बिद्यालयले आयोजना गरेको धार्मिक महोत्सवका लागी बनाईएको सचिवालयको कार्यक्रमका प्रमुख अतिथी सहायक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेयले ब्यानर पढेर र दिपप्रज्वलन गरेर उदघाटन गर्नुभएको हो ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले प्राबिधिक शिक्षा र स्नातक तहको कक्षा चलाउन महोत्सव गर्न लागिनु अत्यन्तै सुखद पक्ष रहेको भन्दै जिल्ला शिक्षा कार्यलयले सक्दो सहयोग गर्ने बताउनुभयो ।
महोत्सव मुल समारोह समितीका अध्यक्ष शेर बहादुर कुवंरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथी १ सय ८ राष्ट्र शान्ति धार्मिक महोत्सवका संकल्पकर्ताका प्रतिनिधी ईश्वरशरण पौडेल,रेसुङगा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरि बहादुर केसी, शैक्षिक उन्नयन केन्द्र सिमलटारीका अध्यक्ष चुरामणी शर्मा,बडागाउ श्रोतकेन्द्रका श्रोतब्यक्ती चुरा बहादुर छन्त्याल लगाएतले बोल्दै क्याम्पस सञ्चालनका लागी महोत्सव गर्न लागिनु अत्यन्तै राम्रो पक्ष भएकाले सबैको साथ सहयोगको आबाश्यकता रहने बताएका थिए ।
कार्यक्रममा महोत्सव मुल समारोह समितीका अति बरिष्ठ उपाध्यक्ष द«ोण बहादुर कुवंर,हस्तिचौर स्वास्थ्य चौकी प्रमुख समसुलहक मिया, गाविस सचिव नर बहादुर अर्याल लगाएत स्थानिय राजनैतिक दलका प्रतिनिधी, छिमेकी बिद्यालयका प्रधानाध्यापक प्रमुख तथा प्रतिनिधी, समाजसेवी,बुद्धिजिवी,शिक्षक,पत्रकारको सहभागिता रहेको थियो ।
साथै महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्नका लागी शिक्षक,बुद्धिजिवी,पत्रकार लगाएतलाई, मुल समारोह समितीको बिभिन्न पदमा मनोनयन गरिएकोे छ । महोत्सव मुल समारोेह समितीका सहअध्यक्ष कृष्ण बहादुर रायमाझीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितीका महासचिव दधिराम पन्थिले गर्नुभयो । साथै सोही अवसरमा बिद्यालयमा जडान गरिएको ईन्टरनेट सेवाको पनि शुभारम्भ गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी पाण्डे एवंम बिशेष अतिथी पौडेलले सयुंक्तरुपमा शुभारम्भ गर्नुभएको हो । बिद्यालयका लागी पुर्व बिद्यार्थी कुमार बस्नेतले स्वर्गीय पिता रत्न बहादुर बस्नेतको स्मृतिमा करिब ६२ हजार बराबरको लागतमा उक्त सेवा सौजन्य गर्नुभएको हो । महोत्सव आउदो मसिंर २५ गतेदेखी पौष २ गतेसम्म बिद्यालयको प्रागंणमा सम्पन्न हुदै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend