logo
  • शुक्रबार, असोज ९ २०८३

देउसी भैलोबाट उठेको रकमले भाडाकुडा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

निरोजकुमार थापा, रामेछाप कार्तिक २१।
रामेछप मझुवा ४, चुल्ठेपानीका स्थानीयले यस बर्षको तिहारमा देउसी भैलो खेली सामाजिक कामको थालनी गरेका छन ।

यसपालीको दुर्गानदी घर बगैँचा कृषि समूहबाट सामुहिक देउसी भैलो खेली जम्मा भएको ६३ हजार ७ सय ७५ रुपैयाँ समाजका आबश्यक पर्ने भाडावर्तन किन्नमा खर्च गरिने निर्णय भएको देउसी भैलो कार्यक्रमका संयोजक यम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

समूहका अध्यक्ष बिनोद बुढाथोकीको अग्रसरतामा देउसीभैलो कार्याक्रम सञ्चालन भएको हो । समाजको सामूहिक भोजभतेरमा आबश्यक पर्ने भाडा किनेर समाजमा सामुदायि कामको थालनी गर्न लागिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend