साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक २१।
बाग्लुङ जिल्लाको बोबाङ गाँउ बिकास समिति वडा नम्बर ८ बस्ने मन बहादुर घर्तिको छोरी बर्ष १२ की जमुना घर्ति मगरले कपडाको पासो लगाई आमहत्या गरेकी छिन ।
बुर्तिबाङ गाबिस वडा नम्बर १ स्वामीबोट एक घरमा डेरामा दिदि दिलमाया पुन सगै बस्दै आएकी उनीलाई हिजो दिउसो करिब ३ बजे कपडाको पासो लगाएर स्थानियले झुन्डीएको अबस्थामा देखिपछि थप उपचारका लागी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिबराज क्षेत्रीले साझा नेटवर्कलाई बताउनुभयो ।
मृतक घर्तीले बुर्तिबाङ स्थीत वडा नम्बर २ मा रहेको श्री जनजागृति आधारभुत बिद्यालयमा कक्षा ४ मा पढ्दै आएको बताईएको छ । के कति कारणले झुन्डीएर आत्महत्या गरिन भन्ने अनुसन्धान पछि खुल्ने प्रहरीले बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend