logo
  • शुक्रबार, असोज ९ २०८३

रामेछापमा ८ स्थानीय निकाय सिफारिस


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

निरोज कुमार थापा, रामेछाप कार्तिक २० ।
रामेछाप जिल्लामा २ नगरपालिका सहित ८ स्थानीय निकाय सिफारिश गरिएको छ । आज स्थानीय तह पुनर्र्सरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी दीनेशराज पन्तको अध्यक्षतामा राजनीतिक दलको सर्वदलीय वैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि २०७३ बमोजिम ८ वटा स्थानीय तहको सिमाङ्कन, नामकरण र केन्द्र निर्धारण गर्दा रामेछापमा नगरपालिका र गाविस समावेश गरी ८ स्थानीय तह बनाउने गरी आयोग समक्ष सिफारिस गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी दीनेशराज पन्तले जानकारी दिनुभयो ।

वैठकले उत्तरी रामेछापका ६ गाविस समेटी उमाकुण्ड गाउँपालिका नामकरण गरी लाप्चानेदेखि अजमडाँडालाई केन्द्र सिफारिस गरिएको छ । उत्तरी रामेछापकै ६ गाविस समेटी गोकुलगंगा गाउँपालिका नामकरण गरी भीमसेनस्थान रस्नालु केन्द्र सिफारिस गरिएको छ । त्यस्तै धोबी केन्द्र रहने गरी लिखु गाउँपालिका, रामेछापदेखि ओख्रेनी केन्द्र रहने गरी रामेछाप नगरपालिका, साबिकको मन्थली नगरपालिका, गेलु, चनखु, पुरानागाउँ र फुलासी गाविस समेटी मन्थली नगरपालिका सिफारिस गरिएको छ ।

टोकरपुर थामचौर केन्द्र रहनेगरी शैलुङ/दोरम्बा गाउँपालिका, हिलेदेवी केन्द्र रहनेगरी सुनापति गाउँपालिका र माकादुम केन्द्र रहनेगरी खाँडादेवी गाउँपालिका सिफारिश गरिएको छ । सबै गाउँपालिकाको केन्द्र मध्यभागमा पर्नेगरी राख्ने प्रयास गरिएको स्थानीय विकास अधिकारी पन्तले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend