साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान पर्व शुभ दीपावलीको अवसरमा गुल्मी सेवा समाज कतारले आयोजना गरेको शुभ दिपावली तथा देउसी भैलो कार्यक्रमको गत शुक्रबार समिक्षा गरीएको छ । समाजको चौथो नियमित मासिक बैठकको अवसरमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रमको समिक्षा गरिएको हो ।
सस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षता रहेको बैठकमा सस्थाका कार्यसमिति पदाधिकारीहरु सल्लाहकार समिति लगायत गुल्मेलीहरुको उपस्थिति रहेको थियो । गत २८ अक्टोवर २०१६ का दिन दोहाको नज्मा स्थित अल नक्यान रेस्टुरेण्टको सभाहलमा शुभ दिपावली तथा देउसीभैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । प्रवासमा रहेर पनि नेपाली सास्कृतिको पहिचान, नेपाली रिती रिवाज तथा मौलिक परम्पराको जगेर्ना गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त बैठकमा बोल्दै सस्थाका अध्यक्ष पाण्डेले कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, पत्रकार उपस्थित तमाम दर्शक, विभिन्न संघ–संस्थाको प्रतिनिधित्व गरेर आउनु भएका अतिथीहरु लगायत कार्यक्रमका निम्ती सहयोगी भूमिका खेल्नु हुने सम्पूर्ण व्यक्तिहरु, कार्यक्रममा खटिएका स्वयंसेवक सबै प्रति धन्यवाद दिदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा गर्दछौ भन्नु भयो । साथै सस्थाले आगामी दिनहरुमा आयोजना गर्ने कार्यक्रमहरुलाई अझ प्रभावकारी र नेपाली धर्म सस्कृति झल्किने विविध कार्यक्रमको आयोजना समेत गरिने कुरा बताउनुभयो ।
शुभ दीपावली तथा देउसी भैलो कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण संघ–सस्था, पत्रकार, मिडियाकर्मी एवम विभिन्न व्यक्तित्वहरुलाई बिशेष धन्यवाद प्रकट गरिएको छ । यसैगरी कार्यक्रमलाई अनलाईन मिडिया पार्टनरको रुपमा सहयोग पुराउने गुल्मी टाइम्स डटकम र साझा नेटवर्क डटकमलाई बिशेष आभार एवम धन्यवाद व्यक्त गरीएको छ ।
कार्यक्रमको मुख्य आकर्षण रहेको देउसी भैलो कार्यक्रममा कार्यक्रम सह-संयोजक मित्र वि.एस., गुल्मेली कलाकारहरु सुसान्त, केसी, बिष्णु खत्री, धन पुन, बिरवल गुरुङ, विजय बस्नेत, लक्ष्मी गिरी, बिरु के.सी. सुरज बिसी लगायतका कलाकारहरुले प्रस्तुत गरेका थिए । साथै उक्त देउसी भैलो कार्यक्रमलाइ गैर गुल्मेली कलाकारहरुले साथ दिदै नाचगान गरि रमाइलो गरेका थिए । सोही अवसरमा गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने मारुनी तथा सोरठी नाच समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ शाखा कतारका कलाकारहरुले मगर समुदायमा नाचिने मारुनी नाच प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे । सुदुर पश्चिम सेवा समाजका कलाकार गंगा दत्त गिरी,लोकेस बिसी,रिमा लामा लगायतका कलाकारहरुले नेपालको सुदुरपश्चिमि सस्कृति देउडा गित प्रस्तुत गरेका थिए । तेस्तै गायक बिरु केसी, लोकनाथ बिसी, सुसान्त के.सी,ले गित प्रस्तुत गरे । रिमा लामा, धन पुन, विजय बस्नेत, लक्ष्मी गिरी लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान पर्व शुभ दिपावलीको उपलक्ष्यमा गुल्मी सेवा समाज कतारले आयोजना गरेको शुभ दिपावली तथा देउसी भैलो कार्यक्रममा नेपाली परम्परा अनुसार चाड पर्वमा बनाइने विभिन्न खानाका परिकारहरुको समेत व्यवस्था गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend