logo
  • शुक्रबार, असोज ९ २०८३

भिमगिठेका बिभिन्न वडाहरुमा खोप केन्द्र स्थापना स्थानियहरु हर्षित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक २०।
जिल्लाको भिमगिठे गाउँबिकास समितिका बिभिन्न वडाहरुमा खोप केन्द्र स्थापना भएको छ। गाबिसमा रहेको भिमगिठे स्वास्थ्य चौकीले गर्भवती महिला तथा ससाना बालबालिका लाई लक्षित गरि सबै वडाको सुगम पर्ने गरी वडा नम्बर ३, ५ र ८ मा खोप केन्द्र स्थापना गरिएको हो ।

जस्मध्ये वडा नम्बर ५ मा स्थापना गरीएको खोप केन्द्र आजबाटै सञ्चालनमा आएको छ । उक्त खोप केन्द्रबाट आज २८ जना गर्भवती महिलाले घनुष्टन्कार तथा भ्यागुते रो बिरुद्धको खोप लगाएका छन् भने १५ बर्ष मुनिका बालबालिकाहरु नियमित दिईने खोप लगाएको स्वास्थ्य चौकीकी सहजकर्ता टिका गुरुङले बताउनुभयो । त्यस्तै वडा नम्बर ३ मा भने केहि समय अगाडी नै खोप केन्द्र स्थापना गरिएको थियो।

उक्त केन्द्रबाट २० जना १५ बर्ष मुनिका बालबालिका तथा गर्भबती महिलाले सेवा लिएका छन। भने वडा नं ८ मा भोलि खोप सञ्चालन हुने उहाँले बताउनुभयो । प्रत्येक महिनाको २१ गते ८ नं वडामा खोप सञ्चालन हुने उहाँको भनाई छ। छुटपुट रहेका अन्यलाई भने स्वास्थ्य चौकीमा २२ गते खोप सेवा सञ्चालन हुने स्वास्थ्य चौकी प्रमुख बिपेन्द्रप्रताप केसीले बताउनुभयो ।

यस अधि स्वास्थ्य चौकी सगै ३ ओटा खोप केन्द्र हुदाँ वडा नम्बर ५, ६ , ७ का स्थानियहरुले दुख पाएकाले अहिले वडा नम्बर ५ मा खोप केन्द्र थप गरिएको केसीले बताउनुभयो । खोप केन्द्र स्थापना हुदाँ गर्भबति महिला हिडेर स्वास्थ्य चौकी जान पर्ने बाध्यता हटेको छ भने स साना बालबालिकालाइ बोकेर स्वास्थ्य चौकी जाने गरेका महिलाहरुलाई पनि सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend