साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक २०।
बागलुङ जिल्लाको खुङ्खानीमा ११ दिनदेखि बेपत्ता भएका एक दम्पती मृत अवस्थामा फेला परेका छन् । कार्तिक ८ गतेदेखि बेपत्ता भएका खुङ्खानी–६ का ७५ वर्षे भानसिंह कामी र उहाँका ७६ वर्षिया श्रीमती देवी कामी मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
दुबै जनाको शव भिरबाट झण्डै एक सय मिटर तल खसेको र शव सडेर दुर्ग्न्धित भएको अवस्थामा भेटिएको स्थानीय जसिन्द्र गोतामेले साझा नेटवर्कलाई जानकारी दिनुभयो । घरमा दम्पती मात्रै बस्दै आएका उनीहरु कार्तिक ११ गते छोरीलाई भेट्न जाने भनेर घरबाट हिँडेका थिए तर उनीहरु छोरीको घर नपुगेको थाहा पाएपछि स्थानीयले खोजी गरेका थिए ।
११ दिनसम्म पनि खोज्दा नभेटिएका उनीहरुलाई शुक्रबार घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक भानसिंहको मानसिक सन्तुलन ठिक नभएकाले वेसुरमा हिड्ने गरेका गर्दथे ।
श्रीमानलाई बचाउन जाँदा दुबै जना भिरबाट लडेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । कामी दम्पती खुङ्खानी–६ मा बस्दै आएका थिए भने उहाँका छोरा चन्द्रबहादुर कामी खुङ्खानी–५ मा बस्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend