logo
  • शुक्रबार, असोज ९ २०८३

गायक बिमलराज क्षेत्री र रितु थापाकोे लौरी लुकाउनी बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिनोद ढुंगाना, पोखरा कार्तिक १९।
नेपाली लोकदोहोरी क्षेत्रका एक धरोहर गायक बिमलराज क्षेत्री र गायिका रितु थापाको स्वरमा लौरी लुकाउने नामक गीत सार्वजनिक भएको छ । बिष्णु घिमिरेको शब्द रहेको गीतमा गायक क्षेत्रीले नै लय सिर्जना गरेका छन् । गीतलाई प्रशान्ति डिजिटलको युट्युब च्यानल मार्फत आजै सार्वजनिक गरिएको हो ।
lauri-lukauniiगीतको शब्द लौरी लुकाउनी दोहोरी अर्थ लाउने भन्दै टिकाटिप्पणी भएका थिए खासमा यसको अर्थ के हो भन्ने प्रश्नमा गायक क्षेत्री भन्छन् लौरी लुकाउने धौलागिरी क्षेत्रमा बालुवामा लौरी लुकाएर खेल्ने एक प्रकारको खेल हो तर कुनै ठाउँमा यसले दोहोरो अर्थ लगाउदो रैछ । गायक क्षेत्री यस गीतबाट आफु निकै आशावादी रहेको समेत बताएका छन् ।

कुमार के.सी.द्धारा निर्देशित गीतको म्युजिक भिडियोमा नायक यशराज र मोडल करिष्माको नृत्य रहेको छ । भिडियो अजय रेग्मीको छायांकन र अनुप शिवाकोटीको सम्पादनमा तयार पारिएको हो । गीतलाई प्रशान्ति डिजिटलले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend