साझा नेटवर्क
अनिश शर्मा गैरे/प्रकाश घिमिरे, गुल्मी कार्तिक १९।
बाग्लुङ्को ग्वालीचौर ८ दाँगमा सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरिएको छ । प्राथमिक स्वास्थ्य चौकी केन्द्र ग्वालीचौरको शाखा कार्यालय वडा नम्बर ८ मा आज उद्घाटन गरिएको हो । आज गरिएको उद्घाटन कार्यक्रममा ग्वालीचौर स्वास्थ्य चौकीका कार्याबाहक अध्यक्ष केशब खरेलको अध्यक्षता रहेको थियो भने बरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस ग्वालीचौरका सभापति अर्जुन खरेल, नेकपा एमाले् ग्वालीचौरका अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका सचिब दिपक कुवँर, शिक्षक संघ जिल्ला कार्या समिति बाग्लङ्का अध्यक्ष सागर खरेल, नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य तिर्थमणि भुषाल, नेपाल स्वास्थ्य बिमा कार्यक्रमका जिल्ला प्रमुख जिवलाल खरेल, नेपाल रेडक्रस सोसाइटी ग्वालीचौरका अध्यक्ष बिष्णु प्रसाद आचार्य लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा थानापति आधारभुत बिद्यालयका प्रअ खिमराज घिमिरेको स्वागत रहेको थियो भने सञ्चालन ग्वालीचौर स्वास्थ्य चौकीका अहेव प्रदिप खरेलको रहेको थियो । स्वास्थ्य चौकीको इकाइलाइ थानापति आधारभुत बिद्यालयको एक कोठामा सञ्चालन गरिएको छ । जग्गा उपलब्ध भएमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट भवन निर्माणको लागि आर्थिक सहायता उपलब्ध हुने बताइएको छ ।
उक्त कार्यालय बाट ग्वालीचौरका उपल्लो बेल्टका स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका स्थानीयहरुलाइ निकै ठुलो फाइदा पुग्ने छ । कार्यालयमा एक जना अहेव र एक जना अनमी रहनुहुने भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend