logo
  • शुक्रबार, असोज ९ २०८३

देउसी भैलोबाट संकलित रकमले साक्षरता कक्षा सञ्चालन गरिने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक १९ ।
ग्रामिण विकास मञ्च अधिकारी चौर बागलुङले दिपावलीको अवसर पारेर खेलेको देउसी भैलोबाट सकंलित रकमको हिसाब किताब आज सार्वजनिक गरेको छ ।14958492_1808624836059098_860275158_nमञ्चको कार्यालय सैखोलामा बसेको बैठकमा सार्वजनिक गरिएको हिसाब किताब अन्तर्गत कुल १ लाख २० हजार ३ सय ६० रुपैयाँ सकंलन भएको बताईएको छ । जसमध्ये देउसी भैलो कार्यक्रम सञ्चालनको लागि आन्तरिक खर्च ३० हजार १ सय ६५ र बचत तर्फ ९० हजार १ सय ९५ रहेको मञ्चका सचिव प्रशान्त घर्ती मगरले जानकारी दिनुभयो ।14914809_1808624822725766_484060029_nमञ्चले गाविसमा निरक्षर रहेका आमाहरुलाई साक्षर बनाउन साक्षरता कक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ देउसी भैलो खेलेको पनि घर्तीले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष उमेश बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा उक्त सकंलित रकमलाई के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।

यस भन्दा अगाडी आर्थिक अभावकै कारण रोकिएको साक्षरता कक्षा सगैं सामुदायिक रेडियो परिवर्तनबाट सञ्चालित शिक्षित आमा शिक्षित सन्तान रेडियो कार्यक्रम पनि अब सञ्चालन हुने भएको छ । रेडियो कार्यक्रम यही मसिंर महिनाबाटै सञ्चालन गर्ने र आमा शिक्षा अर्थात साक्षरता कक्षा पौष महिना भित्र सञ्चालन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

आमा शिक्षा कार्यक्रम सञ्चालनका लागि मञ्चले जिल्ला शिक्षा कार्यालयबाट १ सय थान पुस्तक सहयोग पाएपनि त्यसका लागि आवश्यक स्टेशनरीका सामान तथा सहजकर्ताका लागि तलबको व्यवस्था गर्न प्रयाप्त कोष नभएपछि कार्यक्रम रोकिएको थियो । देउसी भैलोबाट सकंलित रकम सो कार्यको लागि खर्चिने भएपछि रोकिएको कार्यक्रम अब सञ्चालन गर्ने बताईएको छ ।

उक्त कार्यक्रम सञ्चालन गर्न सहयोगका लागि विभिन्न सघंसंस्थामा प्रस्ताव गरेको भएपनि सहयोगी संस्था नभेटिएपछि क्लवले आफै देउसी भैलो खेलेर रकम सकंलन गर्ने निर्णय गरेको अध्यक्ष बुढाको भनाई छ । क्लवको तेश्रो बार्षिकोत्सवको अवसरमा करिब १ वर्ष अगाडीनै उक्त कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारद्धारा उद्घाटन गरिएको थियो ।

गाविस सगैं बागलुङ जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिसकिएको अवस्थामा अझै पनि कति निरक्षरहरु रहेको र उनीहरुलाई साक्षर बनाउने तथा साक्षरहरुलाई पनि पूर्ण साक्षर बनाउने अभियान आफुहरुको रहेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend