साझा नेटवर्क
भारत, कार्तिक १७।
भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो नेपाल जादै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै प्रबन्ध मिलाइसकिएको खबर प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने कुरा उल्लेख गरिएको छ । उहाँको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो ।
यसअघि भारतीय राष्ट्रपति के. आर. नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गर्नुभएको थियो । नेपालका गृह तथा उप-प्रधानमन्त्री विमलेन्द्र निधि भने यतिबेला भारतको राजधानी नयाँ दिल्लीमा छन । भोलि हुने अशोका होटलको कार्यक्रममा उनि सरिक हुनेछन ।
एशिययन मन्त्री स्तरिय कार्यक्रममा उनि नेपाली प्रतिनिधिको रुपमा दिल्ली आएका हुन ।उक्त कार्यक्रममा एशियामा हुने आकस्मिक दुर्घटना सम्बन्धमा विशेष छलफल हुने छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रम उद्घाटन गर्ने बताईएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend