logo
  • शुक्रबार, असोज ९ २०८३

गाउँ पालिकाका लागि ४ गाउँ विकास प्रतिनिधिहरुको सहमत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक १३ ।
निसी खोला अन्तरगतका ४ गाउँ विकास समिति स्तरका स्थानीय राजनैतिक अगुवा तथा सामाजिक व्यत्तित्वहरुको सर्वपक्षिय बैठकले निसीखोला गाउँ पालिका हुनु पर्नेमा सहमति गरेका छन् ।

स्थानीय तह पुनःसंरचनाका विषयमा छलफल चलिरहेका बेला यस अघिनै निसीखोला गाउँ पालिका रुपमा प्रस्तावित गरिएको उक्त क्षेत्रका ४ गाविसहरु राजकुत, देविस्थान, बोहोरागाउँ र निसी गाउँ विकास समिति मातहतका स्थानीय राजनैति पार्टी प्रतिनिधिहरुले, आफूहरु अफ्नो क्षेत्रलाई गाउँपालिका रुपमा स्थापित बनाउँदै जाने सर्वसम्मत निर्णय गरेका छन् ।

चार गाउँ विकास समितिको केन्द्र पर्ने गरि देविस्थान गाउँ विकास समितिको उपयुक्त स्थानमा केन्द्र मान्न सबै तयार भएको पनि बैठकबाट निर्णय गरेका छन् । यस अघि बुर्तिबाङ नगर विकास समितिले उक्त ४ गाउ  विकास समितिलाई पनि बुर्तिबाङ  नगरपालिकामा ल्याउन सकिने गरि निर्णय भएको थियो । उक्त निर्णयलाई आफूहरुले कुनै पनि हालतमा मान्न नसक्ने ति गाविसका प्रतिनिधिहरुले बताएका छन् ।

उनीहरुले आफूहरुसँग सबै सामाथ्र्य  हुँदा हुँदै नगरपालिमाका जान नसकिने बताएका छन् । आज देविस्थानमा भएको उक्त छलफलमा नेपाली काँग्रेसका तर्फबाट राजकुत गाविसका सभापति प्रकाश कँवँर, देविस्थान गाउँ पार्टि सचिव रेशम मल्ल, बोहोरागाउँ बाट जिल्ला कार्य समितिका सदस्य तारानाथ शर्मा,निसी गाउँ पार्टी सभापति शान्ता छन्त्याल, यस्तै नेकपा एमाले निसीका अध्यक्ष नविन घर्ति, नेकपा एमाले देविस्थानका छविलाल कुवँर, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य प्रेम घर्ति, उमानन्द रेग्मी माओवादी केन्द्र बोहोरागाउँका अध्यक्ष नन्दबहादुर चन्द, माओवादी केन्द्र जिल्ला सचिवालय दस्य देविस्थानका कुविर विश्वकर्मा, र जिल्ला सदस्य तथा राजकुतका प्रतिनिधि कृष्ण पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य खीम विक्रम शाही, जिल्ला सदस्य तथा निसीका प्रतिनिधि थम्मन घर्ति, बोहोरागाउँका अध्यक्ष राम बहादुर चन्द, यस्तै आयोजित भेलामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य टंक पौडेल लगायतका विभिन्न तहका सामाजिक व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

भेलामा उपस्थित भएका त्यस गाउँ विकास समितिका सबै प्रतिनिधिहरुले बुर्तिबाङ नगरपालिकामा नजाने समेतको निर्णय गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend