logo
  • शुक्रबार, असोज ९ २०८३

जैसीथोकमा डेड वर्ष देखि खानेपानी अलपत्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमकान्त पोखरेल गुल्मी, कार्तिक १३ ।
गुल्मीको जैसिथोकमा खानेपानीको धारा निर्माण गरेको करिब डेढ बर्ष बितिसक्दा पनि खानेपानी संचालन हुन सकेको छैन् । जैसिथोक गाविसमा सञ्चालीत होलबाङ् बाङ्ग्रा खानेपानी समिति र पछि गठन भएको लिफ्टिन खानेपानी आयोजना मार्फत १५ वटा धारा निर्माण भएका थिए ।

पुरानो खानेपानी योजना मार्फत पर्यात्त मात्रामा जनतालाई खानेपानी उपलब्ध नभएपछि खानेपानीलाई सर्भसुलभ बनाउने उदेश्यले धारा निर्माण गरिएको समितिले जनाएको छ । साथै थप भएका १५ वटा धारामा पहिलेनै संचालन भएका धाराहरुबाट पानी वितरण गर्ने समितिको योजना रहेको थियो ।

जैसिथोक ५ निवासी वीर बहादुर नेपालीले डेढ बर्षसम्म पनि धाराबाट पानी नआएकोले सहजै खानेपानी पिउन पाइएला की भन्ने आश हराएको बताउनुभयो । समितिले समयमै ध्यान नदिए आफुहरुले अझैपनि पधेँरो नै धाउनपर्ने बताउनुभयो । त्यस्तै जैसिथोक १ का शुशिल खनालले समितिको उदाशिनताका कारण अहिले सम्म धारामा पानी नआएको आरोप लगाएका छन् ।

उहाँले अब जतिसक्दो छिटो सम्बन्धित निकायलाई घचघच्याएर पानी ल्याउने तर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । ठेकेदार देविराम पराजुलीले खानेपानीको पाइप अफिसले इष्टिमेट गरेअनुसार नै जैसिथोक पु¥याएकाले समितिले उपभोक्ता मार्फत लाइन खनेर पाइप बिछ्याएमा आफूले जडान गर्ने बताउनुभयो । साथै जतिसक्दो छिटो पाइप बिच्छ्याइयोस भन्ने पक्षमा आफु रहेको बताएका छन् ।

होलबाङ बाङ्ग्रा खानेपानी समितिका सचिव डिल बहादुर पोखे्रलले धारा निर्माण कार्य जैसिथोक लिफ्टिङ खानेपानी उपभोक्ता समिति मार्फत भएको उल्लेख गर्दै पानी ल्याउने जिम्मा पनि सोहि समितिको रहेको बताउनुृभयो । जैसिथोक लिफटिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष विरेन्द्र कुवँरले दुवै समितिहरु मिलेर खानेपानी सञ्चालन गरेको भन्दै सो काम पनि दुवै समितिहरु मिलेर गर्नुपर्ने बताए ।

साथै उहाँले आफूले जतिसक्दो छिटो पानी ल्याउने पक्षमा रहेको र यसका लागि आफूले पहल गरिरहेको बताउनुभयो । मासिक बैठक बसि रकम उठाउने लगायतका कार्यहरु होल्बाङ बाङ्ग्रा समितिमार्फत भएको बताउदै उहाँले सो काम लिफटिङको मात्र हो भन्ने कुरालाई भने खण्डन गर्नुभएको छ ।

जैसिथोक गाविसमा रहेको दुवै समितिभधकमार्फत खनेपानीका विभिन्न कार्यहरु सम्पन्न हुदैँ आएका छन् । तर केहि समितिका पदाधिकारी त्सबाट बच्नको लागि अर्को समितिलाई आरोप लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend