logo
  • शुक्रबार, असोज ९ २०८३

सिलौटो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमति पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी,कार्तिक १३ ।
केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको वुद्धवाटिका नगरपालिका–४ घर भई वुटवलको मनकामना टोलमा डेरा गरी वस्ने वर्ष ३५ का श्रीमान शिव चौथरीलाई कार्तिक १० गते राती हत्या गर्ने उनकी श्रीमति कुमारी चौथरीलाई वुटवल ईलाका प्रहरीले पक्राउ गरेको हो ।

मदिरा सेवन गरी विस्तरामा निदाएको वेला अचार पिस्ने ४ सय ग्राम तौलको सिलाटाको लोहराले टाउँकामा प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीको संयोजकत्वमा गठित अनुुसन्धान टोलीले निष्कर्श निकालेको बताईएको छ ।

हत्या अभियोगी श्रीमति चौथरीलाई अदालतमा म्याद थप गरी हिरासतमा राखिएको वुटवलबाट प्रहरीद्धारा प्रेषित समाचारमा उल्लेख छ । हत्याको कारण नखुले पनि श्रीमानले विस्तरामा पिशाव फेरेको रिसले हत्या गरेको अभियुक्त श्रीमतिले बताएको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend