logo
  • शुक्रबार, असोज ९ २०८३

लक्ष्मी जयन्तिको तयारी अन्तिम चरणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दीलिप पराजुली, कतार ।
अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालय कतारले हरेक बर्ष झैँ लक्ष्मी जयन्तिको अवसर पारेर यो बर्ष पनि कार्यक्रम गर्न लागेको छ । यी दुई साहित्यिक सस्था प्रवासमा रहेर पनि साहित्यको बिकाश र प्रवर्धनमा लागिरहेका छन ।
lakshmi-jyantiहरेक बर्ष यी सस्थाले नेपालबाट कबि ल्याएर एकल बाचन गर्ने गरेको जानकारी अनेसास कतार च्याप्टरका अध्यक्ष तिर्थ संगम राई बताउछन । यो पटकको कार्यक्रमलाई कतारमा स्थापित चार वटा सस्थाहरु जसमा – अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज, गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गत साहित्यिक बिभाग, नबोदित साहित्यिक वाचनालय, सन्ध्या गुप अल्खोर अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिकाले आयोजना गर्न लागेको हो ।

एकल बाचनका लागि नेपालबाट कबि हेमन यात्री कतार आउने पक्का भएको आयोजकले जानकारी दिएको छ । कबि यात्रीको यो श – शुल्क एकल बाचन रहने आयोजकले बताएको छ । कबि यात्री नेपालमा विभिन्न एकल बाचन गर्दै साहित्यको क्षेत्रमा कलम चलाइरहेका व्यक्ति हुन् ।

कार्यक्रमलाई भब्य र सब्य बनाउन लागि आयोजकले मूल समारोह समिति गठन गरेको छ । अनेसास कतारका अध्यक्ष तिर्थ संगम राइको संयोजकत्वमा बनेको समितिमा सिताराम थापा, माइला वाइवा र बिरेन्द्र कुमार याक्थुम्बा उप – संयोजक रहेका छन भने सदस्य सचिब दीप मिलन रहेका छन ।

त्यस्तै आर्थिक संयोजकमा प्रेम प्रसाद भट्टराई रहेका छन् भने सदस्यहरुमा अशोक तामांग, बिन्देस्वर ठाकुर, टिका खड्का, निराजन प्रभात लुइँटेल, राजन लामा, बेचन महतो, इश्वर राई, हरिविनोद अधिकारी, सुरेशमान तामांग, दीलिप अविरल, उमेश बस्नेत, रुप रसाइली, छत्र बहादुर खत्री, विजय फोम्बो, नेत्र बस्नेत, इनोसेन्ट राजन, के.बी. लिम्बु, सुरेश भेटवाल, चक्र कार्की र राजन राई रहेका छन् भने प्रचारप्रसार विभागमा दीलिप पराजुली, श्यामराज रानाभाट, तेज कटुवाल र भानु सुनुवार रहेका छन् ।

कार्यक्रम व्यवस्थापनको लागि मणि पौडेल, थर्चा लामा, ईश्वर शाही रहेका छन । त्यस्तै दीपक भेटवाल, गणेश प्रसाद बन्जाडे, बिनोद खड्का र बिनेश तामांगको सल्लाहकार समिति समेत गठन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम नोभेम्बर १८ तारिकका दिन सनैयाको स्टिट नम्बर २७ मा रहेको रोटना होटेलमा गर्ने भएको छ । कार्यक्रम स्थल अल्वतन प्रेटोल पम्पको पछाडी रहेको छ । कार्यक्रमका बारेमा सम्पूर्ण तयारी पुरा भैसकेको कार्यक्रमका सह – संयोजक तथा नबोदित कतारका अध्यक्ष सिताराम थापा बताउछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend