साझा नेटवर्क
कायरो (इजिप्ट) कार्तिक १२ ।
इजिप्टका विभिन्न भू-भागमा परेको अविरल वर्षापछि नदीमा आएको बाढीका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
वर्षापछि बढेर आएको खहरे खोला तर्ने क्रममा एक बसलाई बगाउँदा शुक्रबार एकै ठाउँमा ६ जनाको मृत्यु भएको छ । त्यसैगरी पूर्वी क्षेत्र रेडसी प्रान्तमा चार जनाको मृत्यु भएको छ । अविरल वर्षापछि इजिप्टका नदी तथा खोलाहरु उर्लेर आएपछि कतिपय नदी किनारामा रहेका बस्तीहरु डुबानमा परेका छन्।
इजिप्टमा शीतकालीन समय सुरु हुनु भन्दा पहिले पर्ने वर्षाका कारण हरेक वर्ष यहाँको जनजीवन प्रभावित हुने गर्दछ । जसका कारण नदी किनारमा निर्माण भएका गरिब बस्तीमा बसोबास गर्ने दर्जनौं मानिसले डुबान तथा बाढीमा परी ज्यान गुमाउने गरेको समाचारमा उल्लेख छ । रासस/एएफपी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend