logo
  • शुक्रबार, असोज ९ २०८३

तिहारको चहलपहल बढ्दै, बागलुङको बुर्तिबाङमा पनि सुरु भयो देउसी भैलो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

tiharबिमल खड्का, बाग्लुङ कार्तिक १२ ।
तिहार सुरु भएसंगै देउसीभैलोको रौनक बढेको छ । तिहारको अवसरमा देउसीभैलो खेलेर रमाईलो गर्ने परम्परागत चलन रहेको छ । जिल्लाको पश्चिम स्थित बुर्तिबाङमा पनि यहाँ स्थित विभिन्न पार्टीका भातृ सांस्कृतिक सगंठनहरुले देउसी भैलो खेल्न सुरु गरेका छन् ।

राष्ट्रिय जनमोर्चा बुर्तिबाङले पनि हिँजोदेखि देउसी भैलो सुरु गरेको छ भने नेपाली काँग्रेस बागलुङले पनि आजबाट सुरु गरेको हो । पछिल्लो समयमा सामुदायिक विद्यालय सञ्चालनार्थ, विभिन्न अक्षयकोष स्थापनार्थ, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घ संस्थाको संस्थागत विकास लगायतको उद्देश्य राखेर देउसी भैलो खेल्ने परिपाटीको विकास भएको छ । विशेष गरी घरघरमा पुगेर बालबालिकादेखि किशोर किशोरी, युवायुवती सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशीष दिने र घरधनीले दिने दान रकम लिने चलन छ ।

धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको पाइन्छ । तिहारको समयमा खेलीने देउसी भैलोको मौलीकता हराउदै गएको छ । प्रबिधिको विकास र आधुनीकताको प्रवेशले देउसी भैलोको मौलीक पक्ष ओझेलमा परेको हो । आफैं गाउने, बजाउने र नाच्ने उतिबेलाको देउसी भैलोमा आफ्नै मौलिकता थियो ।

आजभोलि रेकर्ड गरिएका गीत बजाएर नृत्य देखाउने गर्दा देउसी भैलोको वास्तवीकता ओझेलमा परेको हो । अझ त्यसैमाथी हिन्दी, अंग्रेजी र उत्ताउला शैलीका रिमीक्स गितमा गरिने नृत्यले देउसी भैलोको महत्व र भाव देखीन छाडेको गुनासो बढ्न थालेको छ । हरेक क्षेत्रमा आधुनिकीकरणको प्रभाव परिरहेको अवस्थामा देउसी भैलो पुरानै शैलीमा खेल्नुपर्छ भन्ने तर्क ठीक नहुन पनि सक्छ ।

यद्यपि देउसी भैलोको खास महत्व र मर्म नै हराउने गरी आधुनिकीकरण गर्न नहुने आवाज उठिरहेको छ । सहरदेखि गाउँसम्म देउसी भैलो खेलिरहेको अधिकाँश समूहले रेकर्ड गरिएका गीतहरुमा नृत्य देखाउने र केही औपचारिकताको लागि मात्रै देउसी भैलो गाउने गरेको पाईन्छ ।

आधुनिकताको प्रभाव बढेसँगै देउसी भैलोको उद्देश्यहरु पनि फेरिएका छन् । परम्परागत रुपमा मनोरञ्जनका लागि खेलिने देउसी भैलो पछिल्लो समय सामाजिक कामका लागि आर्थिक सङ्कलन गर्ने प्रभावकारी माध्यम बनेको छ ।

देउसी भैलोलाई मनोरञ्जनसँगै सामाजिक काममा सहयोग जुटाउनुलाई सकारात्मक पक्ष मानिए पनि कहीँ कतै जबर्जस्ती चन्दा उठाउने गरेको गुनासाहरु पनि बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend