साझा नेटवर्क
योगेन्द्र गौतम,नयाँ दिल्ली कार्तिक १२ ।
भारतको बिहार रज्यमा एकैठाउमा ३१ जाना नाबालकहरुलाई अहिले सुरक्षित राखिएको छ । नेपाली जन सम्पर्क समिती भारतका केन्द्रीय अध्यक्ष बालकृण पाण्डे अहिले उक्त स्थानमा पुगिसकेका छन । जन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे को उपस्थितिले त्यहाको प्रहरी प्रशासन माथी दोसिलाइ कार्बाही गर्न दबाब दिएको बताए छन ।
ती बालकहरुलाई स्थानीय प्रहरिले नै विभिन्न होटेल कलकारखाना फास्ट फुडमा कार्यतलाइ आफ्नो कब्जामा लिएको हो । उक्त क्षेत्रमा गोप्यरुपमा काम गराउदै आएको अवस्थामा भारतिय कानुनले नाबालकहरुलाइ त्यसरी काम गराउन नदिने भएको हुदा ती नाबालक लाई आफ्नो नियन्त्रणमा लिएको हो ।
उक्त घटना थाहा पाए पश्चात् जन सम्पर्क समितीका अध्यक्ष पाण्डे त्यो क्षेत्रमा पुगेका हुन । अहिले उनी आफै यो बिषयमा निकै सकृय छन । दीपावलीको पर्व नजिकै आएको अवस्थामा ती नाबालक हरुलाइ फलफुल बितरण गरेका थिए ।
अलपत्र छन हामी यि नाबालिक को नेपाल पुनस्थापना गर्नको लागी सरकार र दूतावासलाई जानकारी र सहयोगमा नेपाल लैजान तयारी गर्दै छौ । तिहारको मुखम मिठाई र फलफूल बितरण गर्दै उनिहरुलाई सानतोना दिदै तिहार लगतै नेपाल फिर्ता लैजाने बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend