साझा नेटवर्क
मनु सुनार, गुल्मी कार्तिक ११।
पराल्मी बहुउद्देश्य समाज रेसुङ्गा नगरपालिका १ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा विजया दशमी तथा शुभदिपावलीको अवशर पारेर शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै पराल्मी गाविस सचिव तथा कार्यक्रमका प्रमुख अतिथि देब बहादुर घर्तिले यसरी आफ्नो गाविसबाट विभिन्न पेशा व्यवसाय गरी तम्घासमा आई बसेकाहरुको समस्या समाधानका लागि यो संस्थाले अझ एकतामा जुटाउँदै समाधानका लागि कोशेढुङ्गा साबित हुनुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै कार्यक्रमका सभापति मुकुन्दहरि गौतमले समस्त विभिन्न पेशा व्यवसाय गरी सदरमुकाम तम्घासमा बसोबास गदै आएका पराल्मी बाँसीहरुलाई उक्त संगठनमा आवद्ध हुन आग्रह गर्नुभयो । साथै उक्त बहुउद्देश्य समाजका सचिव झविन्द्र विश्वर्कमाले यसरी सबै एकजुट हुदैँ जाने हो । भने विभिन्न समयमा पर्ने विभिन्न समस्याहरुको समाधानका लागि आत्तिनुपर्ने अवस्थाको सिर्जना नहुने बताउनुभयो ।
कोषाध्यक्ष विष्णुकुमारी पोखरेलको स्वागतसँगै सुरु भएको कार्यक्रम पराल्मी बहुदेश्य समाजका अध्यक्ष मुकुन्द हरि गौतमको सभापतित्व ,गाविस सचिव देव बहादुर घर्तिको प्रमुख आतिथ्यता ,ध्रुव पोखरेलको विशेष आतिथ्यता तथा सचिव झविन्द्र विश्वर्कमा सञ्चालन रहेको थियो । भने भोलासिँह क्षेत्रि , भने तेज कुमारी खत्रि लगायतले शुभकामना मन्त्व्य राख्नुभएका थियो । भने पराल्मी गाविसका विभन्न पेशा व्यवसाय गदै सदरमुकाम तम्घासमा बस्दै आएका विभिन्न व्यक्तित्वहरुको उल्लेखिनियरुपमा सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend