logo
  • शुक्रबार, असोज ९ २०८३

बुर्तिबाङ विकास समितिले सुरक्षा भक्ता साढे २५ लाख वितरण गर्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

छुटेकालाई भोली विहान वितरण गरिने
बिमल खड्का बागलुङ कार्तिक ११ ।
बुर्तिबाङ गाउँ विकास समितिमा अजसम्ममा २५ लाख ५३ हजार रुपैयाँ सामाजिक सुरक्षा भक्ता वितरण गरिएको गाउँ विकास समितिको कार्यालयले जानाकारी दिएको छ ।

गाविस सचिव विष्णु प्रसाद शर्माका अनुसार १ सय ९१ जना जेष्ठ नागरिकहरुलाई ८ हजारका दरले १५ लाख २७ हजार,७० वर्ष भन्दा माथिको ७३ जना जेष्ठ दलित नागरिकहरुलाई जनही ८ हजारका दरले ५ लाख ४८ हजार,६० जना पूर्ण अपांगता भएका नागरिकहरुलाई जनही ८ हजारका दरले ४८ हजार,१ सय ५० जना एकल महिलाहरुका लागि जनही ४ हजारका दरले ६ लाख तथा २४ जना अति अशक्त २४ जनालाई २१ हजार ६ सय २ सय जना दलित वालवालिकाहरुका लागि पोषण भक्ता ३ लाख २० हजार रुपैयाँ वित्रण गरिएको हो ।

भक्ता वितरणमा छुट भएकाहरुलाई भोली विहान ६ वजेबाट १० वजेसम्म गाविस कार्यालयमा वितरण गरिने कार्यक्रम रहेको सचिव शर्माले बताए । हाम्रा सहकर्मी विष्णु विकले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend