logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा सशस्त्र प्रहरी बलले १६ औं वार्षिकोत्सव मनायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल गुल्मी, कार्तिक ११ ।
सशस्त्र प्रहरी बल गुल्म गुल्मीले १६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । बार्षिक उत्सवको अवसरमा व्याडमिन्टन डबल्स तथा टेवल टेनिस खेलहरुको आयोजना गरिएको थियो । 14825820_10155570132080620_1233731034_nब्याडमिन्टन डबल्स तर्फ दिग विजय सुवेदी र कुसुम जिसीको जोडी लाई २१–१८, २१–१५ र २२– २० को सोझो सेटमा देबेन्द्र बहादुर घर्तिमगर र बसन्त चन्दको जोडीले पराजित गरी प्रथम स्थान प्राप्त गरेको थियो ।14874849_10155570131230620_1208601116_nटेबल टेनिस तर्फ २१–१२, १९–२१ र २५–२३ को सेटमा नरेन्द्र बहादुर कुमालले बसन्त चन्दलाई पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भएको गुल्मका सुचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक देवराज मल्लले बताए ।14813548_10155570131455620_1256640299_nत्यस्तै सशस्त्र प्रहरी बल गुल्म, गुल्मीले रेसुङ्गा नगरपालिका वडा नं १४ उर्लेनी र वडा नं १५ दुबिचौर बजार वरपर र स्थानीय मन्दिरहरु सरसफाई समेत सम्पन्न गरेको छ ।बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित बिशेष कार्यक्रममा अमर सशस्त्र प्रहरी प्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै खेलकुद प्रतियोगितामा बिजेता खेलाडीहरु लाई गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीले पुरस्कार तथा प्रमाण–पत्र प्रदान गर्नुभयो ।14825673_10155570123310620_651438894_n साथै सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राईले बार्षिकोत्सवको उपलक्ष्यमा पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।१६ औ बार्षिकोत्सवले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सकिने  बताए  ।14858701_10155570131525620_454326736_oबिपद् व्यवस्थापनमा अझ बढी सजग र सक्रिय भएर लागी पर्न तथा समग्र काम कार्वाहीमा दक्ष, व्यवसायीक तथा समन्वयात्मक रुपमा कार्य गरी जनताले प्रत्यक्ष अनुभुति हुने किसिमको सुरक्षाको बातावरण निर्माण गर्न प्रेरणा मिलेको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend