logo
  • शनिबार, साउन ३० २०८३

एमाले परित्याग गरी दर्जनौ कार्यकता माओवादीमा प्रवेश


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार गुल्मी,कार्तिक ११ ।
गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । ११ नम्वर ईलाकाको एकता भेलामा नेकपा एमाले जैसीथोक गाउँ कमिटी सदस्य तथा त्यहाँका पुराना समाज सेवी चुरामणी खनाल सहित २७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताईएको छ ।

नव प्रवेशीहरुलाई भेलाका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सह ईञ्चार्ज सुदर्शन वराल ,जिल्ला संयोजक विरबहादुर कार्की लगायतका नेताहरुले फुलमाला अविरले पार्टीमा स्वागत गरेका प्रेस सेन्टर नेपालका जिल्ला सदस्य हुमकान्त पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend