logo
  • शुक्रबार, असोज ९ २०८३

कालिगण्डकीमा बन्द जलयातायात पुन सुचारु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री गुल्मी ,कार्तिक ११ ।
बर्षायाम लागेपश्चात बन्द भएको जलयातायात संचालनमा आएको छ । गुल्मी स्याङजा र पर्बतको संगम स्थलमा कालिगण्डकीमा सञ्चालन हुने जलयातायात संचालनमा आएपछी स्थानिय वासी र ब्यापारीहरुलाई सहज भएको छ ।image-stamberबन्द जलययातायत पुन सुचारु भए पछी गाडीमा सामान ढुवानी गर्दा प्रतिकेजी ३ रुपैया लाग्ने गरेको र जलयातायात संचालनमा आएपछि प्रति केजी १ रुपैयामा सामान ढुवानी हुने भएको सेतिबेनीका स्थानिय ब्यापारी प्रेम अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार अर्यालका अनुसार यति मात्रै होईन जलयातायात सुरु भएपछि एकैदिन ३ वटा स्टेमर २१ पटक आवत जावत गरेको र यो क्रम चलिरहेकाले अन्तरिक पर्यटकहरुको भिड लागेको जानकारी दिनुभएको छ ।
सेतिबेनी कै अर्का होटल ब्याबसायी शोभाखर तिवारीले अहिले साच्चिकै बजारमा बजार जस्तो भएको र बजारमा पनि चहलपहल सुरु भएकाले स्थानिय ब्याबसायीहरुमा उत्साह थपिएकोले होटल ब्याबसायीहरु पनि सन्तुष्ट भएको जानकारी दिनुभएको छ ।

कालिगण्डकी जलबिधुत परियोजना मिर्मीका प्राबिधिक मुक्तिराम पाण्डेका अनुसार साडे ६ किलोमिटरको दुरीमा रहेको जलयातायातमा यात्रा गर्दा फरक प्रकारको अनुभुती हुने गरेको र ३० देखी ४५ मिनेटको यात्रा मार्फत एशियाकै ठुलो शिला शालिग्रामको दर्शन गर्नेको भिड लाग्ने गरेको जानकारी दिनुभयो ।

पाण्डेका अनुसार जलयातायातको सुबिधाले गर्दा यसको प्रयोग गरि काठमाण्डौ, पोखरा, बुटवल जानका लागि पनि सहज भएको यात्रामा सवारहरुले बताउने गरेको बताउनु भयो ।

स्थानिय शालिग्राम उच्च माध्यमिक बिधालयका शिक्षक पशुपति न्यौपानेका अनुसार यो समय अध्यान अबलोेकन भ्रमणका लागि पनि उपयुक्त समय भएकाले नेपालका बिभिन्न स्थानहरुबाट बिधार्थीहरु लगायत अन्य आन्तरिक पर्यटकहरुको संख्या बढेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend