logo
  • शुक्रबार, असोज ९ २०८३

त्रिभुवन माविमा नेपाल विधार्थी संघ इकाइ कार्यसमिति गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, गुल्मी कार्तिक १०।
गुल्मीको कुर्घामा रहेको त्रिभुवन माद्यामिक बिद्यालयमा आज नेपाल बिद्यार्थी संघको इकाइ कार्य समितिको गठन गरिएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीको आयोजनामा एक कार्यक्रम सहित इकाइ समितिको गठन गरिएको हो । कक्षा ११ का नेबिसंघका कक्षा समितिका सभापति ज्ञान बहादुर कार्कीको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीका कार्यवाहक सभापति झबिन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
tri-bhuwan-gulmi
कार्यक्रममा नेपाली काङ्ग्रेस कुर्घा गाँउ कार्य समितिका सभापति राम प्रसाद अर्याल, नेबिसंघ जिल्ला सहसचिब बिष्णु प्रसाद आचार्य, सदस्य राम प्रसाद आचार्य, थापाथली इन्जिनियरिङ्ग क्याम्पस काठमाण्डौका नेबिसंघ इकाइ सचिब जीवन पोखरेल, रेसुङ्गा बहुमुखी कयम्पस तम्घासका इकाइ सचिब रोशन सिँह ठकुरी, रुद्राबति बहुमुखी क्याम्पस वामीका इकाइ सचिब अनिश गैरे, सहसचिब श्रृङ्खला बौद्धाचार्य, महेन्द्र आदर्श उमाबि वामीका पुर्व इकाइ सभापति प्रकाश घिमिरे लगायत उक्त बिद्यालयहरुका बिद्यार्थीहरुको उल्लेखनीय रुपमा उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि झबिन्द्र पाण्डे, बिशेष अतिथि राम प्रसाद अर्याल तथा बिष्णु प्रसाद आचार्यले मन्तब्य ब्यक्त गर्दे बिद्यार्थीहरु ठुलो मान्छे नभइ असल मान्छे बन्नु पर्ने कुरामा जोड दिनुभएको थियो । बिद्यार्थीहरु कसैको आडमा चल्ने नभइ आफ्नै सिर्जनात्मकता सहित अगाढी बढ्ने बताउँदै उहाँहरुले बिद्यार्थीहरुका अधिकारहरुको सुनिश्चितताको लागि नेबिसंघमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमले गीता कार्कीको सभापतिवमा ५७ सदस्यीय इकाइ कार्यसमितिको गठन गरेको छ । जसको उपसभापतिमा ज्ञान बहादुर कार्की, प्रतिमा भट्टराइ र विनय परियार रहनुभएको छ भने सचिबमा जमुना परियार रहनुभएको छ ।

त्यसैगरी सहसचिबमा देबि गाहा, कोषाध्यक्षमा टीका गुरुङ तथा सहकोषाध्यक्षमा अम्मिता बिक तथा अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रममा नेपाल बिदार्थी संघका महेन्द्र आदर्श उमाबि वामीका पुर्व इकाइ सभापति प्रकाश घिमिरेको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन नेबिसंघ जिल्ला सदस्य राम प्रसाद आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा गठित समितिको तर्फबाट सभापति गीता कार्कीले मन्तब्य राख्दै आफ्ना प्रत्येक पाइलाहरुमा बिदार्थीहरुको साथ भएमा मात्र आफु अगाडी बढ्न सक्ने र नेबिसंघ तथा बिद्यार्थीको हक हितको लागि शकाम गर्न सक्ने बताउनुभयो । कार्यक्रममा नव निर्वाचित समितिलाइ टिका सहित सफल कार्यकालको शुभकामना दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend