साझा नेटवर्क
सुवास वि.सी, पाल्पा कार्तिक १०।
चाड पर्वलाई केन्द्रित गरेर जिल्ला प्रहरी कार्यलय पाल्पाले ल्याएको नागरिक सुरक्षा योजना पुर्वी पाल्पा र पश्चिम पाल्पाको सडकहरूमा लागु हुन सकेको छैन ।क्षमता भन्दा बढी यात्रु बढी भाडा जस्ता समस्या दिनहु हुदै आएको यात्रुहरूको गुनासो छ ।
पाल्पाको दोभान, बास्टारी, बर्तुङ्ग, आर्यभन्ज्याङ, राम्दी, ताहु, जगवादी, रामपुर, हार्थोक, मुझुङ, अर्गली लगायत विभिन्न स्थानका राजमार्ग तथा सडकमा सुरक्षा गस्ती सञ्चालन गर्ने योजना बनाए पनि ग्रामीण सडकका आर्यभन्ज्यङ, ताहु, जगवादी, मुझुङ प्रहरी चौकीहरुमा नागरिक सुरक्षा योजना लागू भएको देखिएको छैन ।
आर्यभन्ज्याङ देखि रामपुर, बास्टारी देखि झडेवा र हार्थोक देखि छहरा सम्मका सडकमा यात्रा गर्ने यात्रुहरुले बढी भाडा र जोखिम पुर्ण यात्रा गर्न परेको यात्रुको भनाइ रहेको छ । ताहु,जगवादि प्रहरी चौकी भए पनि नागरिकको यात्रामा सुरक्षा दिन सकेको छैन । चेक पोस्टहरुमा सवारी रोकिन्छ तर सवारी साधनको ढोका लागएको आधार सवारी त्यसै छोडेको र यात्रु कति छ भनेर बसमा बहेक अरु सवारी चेकिङ्ग गरेको देखिन्छ ।
सिलुवा देखि तानसेन आउन बसमा यात्रा गरेका दृष्टिविहिन यात्रु गणेश बि.क भन्छन् “दशै तिहार होस् वा अन्य समयमा होस् कुनै पनि समयमा न म चडेको बस चेकिङ गरेको थाहा छ । न त मैले पाउने सुबिधा पाएको रेकर्ड छ, उभिएर यात्रा गर्न पर्छ । ट्राफिक प्रहरीको हेल्प न•१०३ मा फोन गर्ने हो भने मिलेर जानू भन्छन् ।
बुटवल, तानसेन हुदै गुल्मीको सडक र बुटवल हुदै स्याङ्जाको सडकमा सुरक्षा कडा भए पनि जिल्लाका अन्य सडकमा यात्रा गर्ने नागरिकको सुरक्षा कमजोरी भएकोले जिल्ला प्रहरी कार्यलय पाल्पाले ग्रामीण सडकमा पनि कडा नीग्रानी गरे दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई सजिलो र ढुक्कले यात्र गर्न पाउने थिए कि ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend