साझा नेटवर्क
काठमाडौँ, कार्तिक ९ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोगका प्रस्तावक जनमुक्ति सेनाका कमाण्डर तथा संसद महेन्द्र बहादुर शाही लाइ लोकमानको तर्फबाट मार्ने धम्की विभिन्न संचार माध्यमबाट खुलासा भए लगत्तै मजदुर नेता, अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष्य, प्रदेश न. ३ फ्र्याक्सन कमिटिका इञ्चार्ज तथा ट्रेड युनियन महासंघका केन्द्रिय सदश्य समेत रहेका प्रभावशाली नेता जनक बर्तौलाले उक्त धम्कि बिरुद्द लोकमान सिंह कार्की तथा उनका समर्थकहरु लाइ ठाडो चुनौती दिदै आफु ससक्त भएर प्रतिकार गर्ने बताएका छन ।
उनि भन्छन सक्छौ भने मैदानमा उत्रेर लड्न आउ किन हाम्रो नेताहरुलाई धम्कि मात्र दिन्छौ, धम्कीको भरमा अब हुने वाला केहि छैन । कानुनी राज्यको धज्जी उडाएका लोकमान सिंह बिरुद्द उनि खरो भएर उत्रिएका मात्र होईनन आक्रामक शैलीमा समेत अबका दिनमा प्रस्तुत हुने कुरा उनि बताउछन ।
मुलुक लाइ गम्भीर दुर्घटना बाट बचाउन आफ्नो पार्टीका साथीहरुले महाअभियोग प्रस्ताब लिएर आएको हुनाले देश र जनताको पक्षमा आफु र आफ्नो पार्टी सदैब उभिने र अख्तियार प्रमुख जस्तो गरिमामय पदमा बसेर पदलाई दुरुपयोग गरेर कानुनि राज्यको धज्जी उढाउने कसैलाई पनि आफुले नछोड्ने र उनीहरु बिरुद्द लडिरहने चेतावनी पनि नेता जनक बर्तौलाले दिए ।
सिङ्गै मुलुक लोकमान बिरुद्द एकजुट भईरहेको बेला नेता बर्तौलाले आफुहरु जस्तो सुकै परिस्थितिमा पनि लोकमान बिरुद्द लडेर महाअभियोग लाइ पारित गरि छाड्ने र धम्कि दिनेहरु लाइ पनि कुनै पनि हालतमा नछाड्ने कुरा उनि बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend