साझा नेटवर्क
सुवास बिसि पाल्पा कार्तिक ९ ।
मण्डली स्पोर्ट्स क्लब सिलुवाको आयोजनामा गा.वि.स स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति पाल्पाको अध्यक्ष करुणा काफ्ले बोल्दै, जिल्ला खेलकुद समितिले पाल्पामा नौलो काम गर्दै आएको प्रशंसा गत बर्षको तुलनामा यस वर्ष १७२% बजेट वृद्धि भएमा पुर्वमा ३ वटा खेलमैदान निर्माण गर्ने बताउनु भयो ।
काफ्लेले क्लबको आफ्नै खेल मैदान निर्माणलाई जग्गा भएको र त्यसको लागि अर्को वर्ष खेलमैदान निर्माणलाई आर्थिक सहयोग गर्ने बताउनु भएको छ ।विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्ष राजेश कुमार अर्यालले ठुला देश बन्दुक बाट देशलाई चिनाएका छ्न भने साना देशहरू खेलको माध्यम बाट चिनिएको र नेपाललाई पनि यस्तै प्रतियोगिताले खेलाडी उत्पादन गरि संसारलाई चिनाउने सकिने एउटा माध्यम रहेको बताउनु भएको छ ।
भलिबल प्रतियोगितामा १४ वटा गा.वि.सको सहभागिता रहेको थियो ।गल्धा गा.वि.स प्रथम,रामपुर नगरपालिका १२ खालीवन द्वितीय ,फोक्सिङ्कोट गा.वि.स तृतीय र बिरकोट गा.वि.स सान्त्वना भएका थिए भने खालीवनका जितन रानालाई वेस्ट स्पाइकर,फोक्सिङ्कोटका प्रकाश पललाई च्याम्पियनसीप,गल्धाको केक्स लम्कासलाई वेस्ट डिफिन्सर पुरस्करले समानित गरिएको थिए ।
कार्यक्रममा लोक गायिका निरु सुनार,लोक गायक तोया वि.क,लोक गायिका बिष्णु ठट्टाराई,रियल डान्सर सुवास वि.सी,हास्यकलाकार विजय राना,डान्सर यम घर्ती मगर,वविता सरु,लक्ष्यमण वि.क सिन्दु श्रेष्ठ लगाएतका कलाकारले दर्शकलाई मनोरञ्जन दिएका थिए भने प्रचलित कौडा गीत तथा नाच प्रर्दशन गरिएको थियो ।
क्लबका कोषाध्यक्ष ज्ञान ब.राना र कलाकर गणेश वि.कले कार्यक्रम सञ्चालन गरेका थिए ।कार्यक्रमको समापन क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend