साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक ८।
संविधान सूचना केन्द्र बागलुङको आयोजनामा बुर्तिबाङमा हिजो, नेपालमा जारि संविधानको कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका सवालमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, सरोकारवाला नागरिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले जारि गरिएको संविधान तत्काल कार्यान्वयनका लागि पनि स्थानीय निकायको निर्वाचन अनिवार्य भएको बताएका छन् । यस्तै कार्यक्रममा सहभागीहरुले संविधानको कार्यान्वयनमा राजनैतिक दलहरु नै सत्रिय भूमिकामा नलागे संभव नभएको भन्दै तत्काल संविधान कार्यान्वयन गरि देशलाई नयाँ गति दिन दलहरु अग्रसर हुन आग्रह समेत गरिएको थियो ।
आयोजित अन्तर संवाद कार्याक्रममा संविधान सूचना केन्द्रका धौलागिरी संयोजक एवं अधिवक्ता राम शर्माले सहजीकरण गर्दै, नयाँ संविधानमा व्यवस्था गरिए अनुसार्को स्थानीय तहको पुनसंरचना र त्यसका आधारमा हुने निर्वाचन प्रत्रिया तथा प्रणालीका विषयमा नाकारी दिनुभएको थियो ।
साथै जारि संविधानमा उल्लेख भएका विषय र अहिले शंसोधनका कुरा उठीरहेको विषयमा समेत सहभागीबाट आएका प्रश्नको समेत उहाँले जवाफ दिनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend