logo
  • शनिबार, साउन ३० २०८३

कतारमा शुभ दिपावली साँझ-२०७३ हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिजय कुमार मगर, कतार ।
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभागको आयोजनामा बिभागका सचिव सोम थापा मगरको संयोजकत्वमा पाँच सदस्यिय उपसमिति गठन गरी आगामीे ११ नोभेम्वर २०१६ शुक्रबारका दिन बलिहाँग तिहारको उपलक्ष्यमा “दिपावली साँझ—२०१६” कार्यक्रम कतारको दोहा स्थित गल्फ प्याराडाईज होटलमा आयोजना  गरिएको छ ।
rabin
“सम्पुर्ण मगरहरुको एकता—अहिलेको आवश्यकता” भन्ने मुल नाराको साथमा “अक्षय कोषमा, मगर समुदायका अत्यन्त गरिब एवं जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग” का लागि नेपालवाट अतिथि कलाकारहरु नेपाल मगर साँस्कृतिक संघ, नेपालका संगठन सचिव अनि चर्चित नृत्यकार तथा हाँस्यकलाकार निर आले मगरज्यू संयोजकत्वमा कलाकारहरु गायिका सृष्टि पुन मगर, गायिका अनु गुरुङ र गायक आशिष वि.सी.को कतारमा प्रथम पटक उपस्थिति भई उहाँहरुको बिशेष आकर्षक प्रस्तुति रहने छ ।

साथमा कतार स्थित नेपाल मगर संघ, शाखा कतारको कला तथा सांस्कृतिक बिभागको कलाकारहरुद्धारा नेपाली कला संस्कृति झल्किने किसिमका नृत्य तथा लोक दोहोरी, फिल्मि गाना, हिपअप, मोडर्न आदि सबै किसिमका प्रस्तुतिहरु रहने जानकारी संयोजक सोम थापा मगरले दिनु भयो ।

कार्यक्रमको लागि कतार सरकारको आन्तरिक सांस्कृतिक मन्त्रालयबाट अनुमति लिई कलाकारहरुको भिषा, टिकट तथा अन्य ब्यवस्था भईसकेको र यस कार्यक्रम सफल पार्नका निमित्त यस संघको मातहतमा रहेको ८ वटा बिभाग तथा ९ वटा एरिया समितिहरुवाट आ—आफ्नो स्थानवाट आर्थिक, नैतिक अनि भौतिक रुपमा सहयोग गरी कार्यक्रम सब्य र भब्य रुपमा सफल बनाउनका लागि आम जनमानसमा प्रचार प्रसार भईरहेको छ ।

यस कार्यक्रमका लागि टिकट दर भि.आई.पि. क.री. १००।— र सर्व साधारणको लागि क.री. ५०।— मात्र रहेको छ भने उक्त दिन हल भित्र प्रबेशका लागि गेट ९ बजे वाट खोलिने जानकारी संयोजक सोम थापा मगरले दिनु भयो ।

बलिहांग तिहार—२०७३, लिम्वु जातिको बलिहाङ तङनाम, नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११३७ न्हूदयाँ भिन्तुना को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने संपूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामनाका साथ सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तररोत्तर प्रगतिको कामना गर्दै कतारमा रहनु भएका सम्पूर्ण नेपालीहरु, संघ संस्था, समाजसेवी, बुद्धिजिवि, ब्यवसायी, कलाकार, खेलाडीहरुमा कार्यक्रममा उपस्थिति भई कार्यक्रम सभ्य र भब्यरुपमा सफल पारिदिनु हुन अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend